TharuExpress
मुख्य समाचार समाचार

पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु

पर्सा ५ मंसिर पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु भएको छ । बिहान १० बजे देखि मत गणना सुरु गर्न भनिएपनी करिब अढाई घण्टा ढिलो गरि सुरु गरिएको पर्सा १ का मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले बताउनु भयो ।

४ वटा निर्वाचन क्षेत्र भएको पर्साको १ र २ को मतगणना कार्य सुरु गरिएको उहाँले बताउनु भयो । निर्वाचन क्षेत्र नं. १ तर्फ १(क) मा चोर्नि र १(ख) मा नगवाको मतपेटिका खोलिएको छ भने क्षेत्र नं. २ तर्फ २(क) मा पर्सागढीको वडा नं. १ र २ को र २(ख) को बहुदरमाई नगरपालिकाको वडा नं. २ को मतपेटिका खोलिएको उहाँले जानकारी दिनु भयो ।

मतदान सकेसङ्गै क्षेत्र नं. १ र २ दुबैको मतपेटिका हिजो बेलुका ६:३० बजे सम्म वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा पुगिसकेको थियो ।

content left

दल एवं उम्मेदवारहरुको प्रतिनिधि पास कार्ड बनाउन विलम्ब भएकोले तोकेको समयमा मतगणना सुरु हुन नसकेको अधिकृत पोखरेलले बताउनु भयो ।

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

शिक्षाको आधार बन्दै आदर्श थारु छात्रावास

थारु एक्सप्रेस

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैंका लागि करिब ३ हजार खसीबोका र च्याङ्गा ल्याउने

थारु एक्सप्रेस

सरकारले जलन भएका बिरामीको निःशुल्क उपचार गर्ने

थारु एक्सप्रेस