TharuExpress
समाज स्थानिय

पर्सा क्षेत्र नम्बर ४ मा माओवादीबाट ठोरीका टेकबहादुर शाक्य ( अन्जन शाक्य) सिफारिस

 

 

 

मेघराज राय जिराभवानी भदौ २४    आसन मंसिर ४ मा हुन गईरहेको संघ र प्रदेशसभा निर्वाचनका लागि पर्सामा नेकपा माओवादी केन्द्रले उम्मेदवारहरुको टुङ्गो लगाएको छ । बुधबार बसेको नेकपा माओवादी केन्द्र पर्साको जिल्ला समन्वय समितिको बैठकले प्रतिनिधि सभाको लागि पर्सा क्षेत्र नं ४ बाट टेकबहादुर शाक्यलाई सर्बसम्मतबाट प्रत्यक्ष तर्फ उमेदवार सिफारिस गरेको हो । माओवादी मधेस प्रदेश समितिमा सिफारिस गरेको छ । माओवादी केन्द्रले प्रदेश सभातर्फ पर्साको ४ को (क) मा विजय महत्तो र वीरेन्द्र प्रसाद यादव तथा (ख) मा मुरली मनोहर तिवारी, शेख चाँद तारा ,र संतोष पटेलको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ । माओवादी पर्साका जिल्ला अध्यक्ष रामदरश कुशवाहाको अध्यक्षता र जिल्ला इन्चार्ज विजय महत्तोको विशेष उपस्थितीमा बसेको बैठकले उम्मेदवारहरुको नाम प्रदेश समितिमा सिफारिस गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

थारु कल्याणकारी पर्साको बैठक सम्पन्न

थारु एक्सप्रेस

देशभर लगाएत मधेस प्रदेशमा वर्षा नहुँदा धानको बिउ राख्न किसानलाई सकस

थारु एक्सप्रेस

छात्रालाइ यौन र्दुव्यवहार गर्ने अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँ पक्राऊ

थारु एक्सप्रेस