TharuExpress
Uncategorized

बाबा बटेश्वरनाथ कावरिया संघको आयोजनामा आज बिहान करिब पाच सय जना जल भर्न प्रस्थान

सेढवा १८ सावन/ओमप्रकास
जिराभवानी गाउपालिका अन्तर्गत बाबा बटेश्वरनाथ कावरिया संघको आयोजनामा आज बिहान करिब पाच सय जना जल भर्न प्रस्थान गरेका छन। नेपाल तथा बिहारको बालमिकी नगरको दोसाथमा रहेका पबित्र नदि त्रिबेणीबाट जल भर्न कावरियाहरुको समूह आज प्रस्थान गरेका छन।

जिराभवानी गाउपालिकाको सेढवा,.महादेवपट्टी, पकडीटोला, भवानीपुर, जगतिया, गम्हरिया, बसन्तपुर, हरैया, सखुवनिया, शंकरसरैया, कोढौली,नौकाटोला, सहजानपुर, जीतपुर, परसवा,सुपौली,पिपडाढी लगायतका गाउबाट कावरियाहरु प्रस्थान गरेका हुन। त्यस्तै बिहारको पश्चिमी चम्पारणको सिस्वा, धुमाटाड जसौली, रामपुर थुक्हा, जिगना लगायतका गाउहरुबाट सयौको संख्यामा जल भर्न त्रिबेणी प्रस्थान गरेका छन।

त्याहाबाट जलभरि करिब पाच दिनको कठिन पैदल यात्रा गरी सावनको त्रयोदशीका दिन जिराभवानी मन्दिरमा जल तढाउने परम्परा चल्दै आएका छन।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

युवालाई फुटबलतर्फ आकर्षित गर्ने उद्देश्यले सेढवामा प्रथम जिराभवानी भेट्रान कप आयोजना हुने 

थारु एक्सप्रेस

कृषि तथा पशुपन्छी सेवा केन्द्रबाट किसानले अधिकतम लाभ लिनुहोस् : मन्त्री परियार

थारु एक्सप्रेस

पहिरो पन्छ्याइएसँगै सवारी साधन एक लेनमा आलोपालो सुचारु

थारु एक्सप्रेस