TharuExpress
स्थानिय

ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

वीरगन्जको पदमरोड देखि गण्डक सम्मको सडकमा तिब्र गतिका कारण सवारी दुर्घटना हुन थालेपछि रााधेमाइका युवाहरुले सडकमा स्पीड ब्रेकर निर्माण गर्ने भएका छन् ।
शनिबार अपन राधेमाइ युवा क्लबको अगुवाइमा बसेको बैठकले पदमरोड देखि गण्डक सम्मको सडकमा स्पीड ब्रेकर निर्माण गर्ने निर्णय गरेको हो । यसका साथै ठाँउ ठाउँमा सिसिटिभी क्यामेरा जडान गर्ने , राधेमाइ मन्दिरको पहिचान झल्कने प्रवेशद्वार निर्माण गर्ने , राधेमाइ मन्दिर परिसरमा शाकाहारी भोजभतेर मात्र गर्न दिने र यस बारेमाम मन्दिर सन्चालक समितिसंग छलफल गर्ने निर्णय पनि भएको क्लबका अध्यक्ष पवन यादवले जानकारी दिए ।
शनिबारको बैठकमा क्लका पदाधिकारी , सदस्य , स्थानीय युवा र भद्रभलादमीहरुको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस

छात्रालाइ यौन र्दुव्यवहार गर्ने अल्पाइन हाइ स्कुलका शिक्षक ताज मियाँ पक्राऊ

थारु एक्सप्रेस

शनिबार खुल्ला रगतदान कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस