TharuExpress
समाचार समाज

लगातार चोरीका घटनाले जितपुरवासी त्रसित, मोटरसाइकल, कुकुर र कृषि मिटर चोरी

वीरगन्ज , ३१ असार/

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला केही दिनयता लगातार चोरीका घटना हुन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। मोटरसाइकल, कुकुर तथा कृषि प्रयोजनका लागि जडान गरिएको विद्युतीय मिटर चोरी भएपछि गाउँमा सुरक्षा व्यवस्थाप्रति चिन्ता बढेको छ।

 

स्थानीय प्रमोद महतो थारुको घरबाट कृष्णमोहन चौधरी थारुको नाममा दर्ता रहेको ना २ प ५५०४ नम्बरको रातो रङ्गको हिरो होन्डा स्प्लेन्डर मोटरसाइकल असार ३० गते राति अज्ञात समयमा चोरी भएको हो। सोही राति घरमा पालिएको सेतो रङ्गको कुकुर पनि हराएको र चोरी भएको आशंका गरिएको छ।

 

content left

इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी निरीक्षक अरुणकुमार साहले मोटरसाइकल र कुकुर चोरी भएको सम्बन्धमा उजुरी प्राप्त भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको उनले बताए।

यसअघि चार दिनअघि पनि सोही गाउँका शेखर चौधरीको खेतमा सिँचाइका लागि जडान गरिएको कृषि विद्युतीय मिटर चोरी भएको थियो। चौधरीका अनुसार धानबाली सिँचाइका लागि प्रयोग भइरहेको मिटर अज्ञात व्यक्तिले रातिको समयमा चोरी गरेका हुन्। उनले घटनाबारे इलाका प्रहरी कार्यालय सेढवामा उजुरी दर्ता गराइसकेको बताए।

 

छोटो अवधिमै एउटै गाउँमा पटक–पटक चोरीका घटना भएपछि स्थानीयवासी असुरक्षित महसुस गर्न थालेका छन्। उनीहरूले गाउँमा रात्री गस्ती बढाउन, सुरक्षा व्यवस्था कडा बनाउन तथा चोरीमा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।

 

प्रहरीले भने घटनाहरूको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

कक्षा १२ काे नतिजा आज सार्वजनिक हुने

थारु एक्सप्रेस

पर्साको जिराभवानी गापा अध्यक्ष र उपाध्यक्ष बाट हरितालिका तिजको शुभकामना

थारु एक्सप्रेस

मुर्लीमा सञ्चालित विद्यासदन माविकी साबना खातुनद्वारा आत्महत्याको प्रयास

थारु एक्सप्रेस