TharuExpress
समाचार

सालको गोलिया काठसहित रंगपुर टाँडीमा एक जना पक्राउ

बीरगंज ,भदौ २४

 

 

जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा ओसारपसार भइरहेको सालको गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी रंगपुर टाँडीबाट खटिएको गस्ती टोलीले गएराति गस्ती गर्ने क्रममा सालको गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

content left

प्रहरीका अनुसार ४ फिट लम्बाइ र ४ फिट मोटाइ भएको सालको गोलिया काठ एक थान तथा काठ ओसारपसारमा प्रयोग गरिएको एक थान साइकल बरामद गरिएको हो ।

नियन्त्रणमा लिइएका व्यक्ति, बरामद काठ तथा साइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सबैया वन डिभिजन कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया लेख्नुहोस

Related posts

पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई सरकारद्वारा अनुमति

थारु एक्सप्रेस

थारु कल्याणकारी पर्साको बैठक सम्पन्न

थारु एक्सप्रेस

थारू एक्स्प्रेस डट कमको हिजो प्रथम वार्षिक उत्सव सम्पन

थारु एक्सप्रेस