TharuExpress
समाचार

सालको गोलिया काठसहित रंगपुर टाँडीमा एक जना पक्राउ

बीरगंज ,भदौ २४

 

 

जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा ओसारपसार भइरहेको सालको गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी रंगपुर टाँडीबाट खटिएको गस्ती टोलीले गएराति गस्ती गर्ने क्रममा सालको गोलिया काठसहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

content left

प्रहरीका अनुसार ४ फिट लम्बाइ र ४ फिट मोटाइ भएको सालको गोलिया काठ एक थान तथा काठ ओसारपसारमा प्रयोग गरिएको एक थान साइकल बरामद गरिएको हो ।

नियन्त्रणमा लिइएका व्यक्ति, बरामद काठ तथा साइकललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सबैया वन डिभिजन कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया लेख्नुहोस

Related posts

भोटेकोशी बाढीमा १ हजार ३४१ शव फेला, ४ हजार ४४ जना अझै बेपत्ता

थारु एक्सप्रेस

था.क.स. पर्साका नव निर्वाचित पदाधिकारी लियो सपथग्रहण

थारु एक्सप्रेस

पटेर्वासुगौली–५ का ६ चौकीदारलाई साइकल, टर्चलाइट र रेनकोट वितरण

थारु एक्सप्रेस