TharuExpress
समाज स्थानिय

पर्सामा धान रोप्दै गर्दा चट्याङ लाग्यो, सात महिला किसान घाइते

बीरगंज , असार ३२

अजित धामी चौधरी

 

पर्सामा धान रोपिरहेका बेला चट्याङ लाग्दा सात जना महिला किसान घाइते भएका छन् ।
content left
पकहामैनपुर गाउँपालिका–१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रको खेतमा धान रोपाइँ गरिरहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनीहरू घाइते भएका हुन् ।
चट्याङ लागेर पकहामैनपुर गाउँपालिका–१ निवासी अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी घाइते भएका छन् ।
घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। भने उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।अन्य छव जना घाइतेलाई थप उपचारका लागि भारतको रक्सौलस्थित डंकन अस्पतालमा पठाइएको छ ।
अस्पतालमा उपचाररत घाइतेमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको तथा अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिनुभएको छ।
वर्षायाममा खुला खेत तथा खुला स्थानमा काम गर्दा चट्याङको जोखिम उच्च हुने भएकाले आवश्यक सतर्कता अपनाउन सरोकारवाला निकायले आग्रह गरेका छन् ।

 

 

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु मेलमिलाप परिवार बिरगंज द्वरा सम्मान तथा वनभोज कार्यक्रम सम्पन्न….

थारु एक्सप्रेस

भाथामा भर्याङ्गको रेलिङ्ग भाचिएर दुई जना बालिकाको मृत्यु भएको सामाचार गलत

थारु एक्सप्रेस

सेढवामा आयोजित महादुर्गा पूजा एक कार्यक्रमका बीच जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरी द्वारा उदघाटन

थारु एक्सप्रेस