TharuExpress
Uncategorized

जिराभवानीमा कांग्रेस उम्मेदवार रिजालको घरदैलो अभियान निरन्तर, स्थानीयसँग प्रत्यक्ष संवाद, समस्या र अपेक्षा संकलन

जिराभवानी २७ माघ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले सोमवार जिराभवानी गाउँपालिका वडा नम्बर–२ सेढ्वा क्षेत्रमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाहरू सुनेका थिए। कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ता, समर्थक तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
उम्मेदवार रिजालले लोकतन्त्रको संरक्षण, विकास निर्माणलाई तीव्रता दिन र जनताको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसको भूमिका आवश्यक रहेको बताए। स्थानीयसँगको संवादका क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले जनताको साथ र विश्वासबाट मात्र क्षेत्रको समग्र विकास सम्भव हुने उल्लेख गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस

Related posts

ज्ञानवाटिका माविमा ५५ लाखको लागतमा चार कोठे पक्की भवन निर्माण हुने

थारु एक्सप्रेस

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस

पर्सामा जंगली जनावरबाट बालीमा क्षति, जंगलको सीम जोडिएका किसान चिन्तित

थारु एक्सप्रेस