TharuExpress
Uncategorized

चिसो बढेपछि वीरगञ्जका विद्यालय पाँच दिन बन्द, आइतबारदेखि पठनपाठन सुरु

वीरगञ्ज, पुस ७ ।
वीरगञ्ज महानगरपालिकाले बढ्दो चिसो र शीतलहरका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाअन्तर्गतको शैक्षिक प्रशासन महाशाखाका अनुसार आज पुस ७ गतेदेखि ११ गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गरिएको हो। पछिल्लो केही दिनदेखि मौसम अत्यधिक चिसो र प्रतिकूल बन्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय गरिएको जनाइएको छ।
शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने गरी लागू गरिएको उल्लेख छ। महाशाखा प्रमुख आनन्द लामिछानेले चिसोका कारण हुने सम्भावित स्वास्थ्य जोखिमबाट विद्यार्थीहरूलाई जोगाउन यस निर्णयले सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ।
महानगरपालिकाका अनुसार विद्यालयहरू आइतबारदेखि पुनः नियमित रूपमा सञ्चालन हुनेछन्।

प्रतिक्रिया लेख्नुहोस

Related posts

ठोरी–३ मा मध्यराति प्रहरीको छापा, डेढ क्युन्टलभन्दा बढी गाँजा बरामद, घरधनी फरार

थारु एक्सप्रेस

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दसैंका लागि करिब ३ हजार खसीबोका र च्याङ्गा ल्याउने

थारु एक्सप्रेस

उपकार सेवा नेपालद्वारा वीरगञ्जमा ३० युवतीलाई सिलाइ–कटाइ तालिम सामग्री हस्तान्तरण

थारु एक्सप्रेस