TharuExpress
Uncategorized

नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्यो, अहिलेसम्मकै महँगो

काठमाडौँ ८ पुस।
नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्य वृद्धि भएको छ। दुवै बहुमूल्य धातुको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले बढ्दै दुई लाख ६७ हजार २ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो। यसअघि सोमबार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर दुई लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको थियो।
गत शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो भने आइतबार १ सय रुपैयाँले ओरालो लागेको थियो। तर त्यसयता लगातार वृद्धि हुँदै दुई दिनमै सुनको मूल्य ८ हजार ९ सय रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १ सय २० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ४ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ। यो मूल्य पनि हालसम्मकै उच्च हो।
विगत केही दिनदेखि अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको वृद्धिका कारण चाँदीको मूल्य निरन्तर बढ्दै आएको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बार डे–२०८२ को अवसरमा वीरगञ्जमा प्रभातफेरी सम्पन्न

थारु एक्सप्रेस

अंग्रेजी नयाँ वर्ष २०२६ मा पर्साका पर्यटकीय स्थलमा पर्यटकको भीड, ठोरीमा एक लाखभन्दा बढि पर्यटकहरूको आगमन

थारु एक्सप्रेस

जगरनाथपुर गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

थारु एक्सप्रेस