TharuExpress
समाज

ठोरी वृद्ध आश्रममा नयाँ शौचालय निर्माण सुरु, उपकार सेवा नेपाल र लायन्स क्लबको सहयोग

ठोरी २८ मंसिर।
ठोरी वृद्ध आश्रममा आश्रित अशक्त तथा असहाय वृद्धवृद्धाहरूका लागि नयाँ शौचालय निर्माण कार्य सुरु गरिएको छ।

आश्रममा रहेको पुरानो शौचालय अत्यन्त जिर्ण अवस्थामा रहेकाले दैनिक जीवनमा गम्भीर समस्या हुँदै आएको थियो। उक्त समस्यालाई मध्यनजर गर्दै वीरगञ्जस्थित उपकार सेवा नेपालले नगद ५० हजार रुपैयाँ सहयोग गरेको छ भने लायन्स क्लबले २ हजार थान इट्टा र ४० बोरा सिमेन्ट प्रदान गरेको हो।

ठोरीका सामाजिक अभियन्ता सन्तोष श्रेष्ठका अनुसार प्राप्त सहयोगबाट नयाँ शौचालय निर्माण भइरहेको छ, जसले सरसफाइ र स्वास्थ्य सुरक्षामा सुधार ल्याउने विश्वास गरिएको छ।

content left

ठोरी वृद्ध आश्रमले यस मानवीय सहयोगका लागि उपकार सेवा नेपालका अध्यक्ष विद्या कुमारी शरावगी, सामाजिक अभियन्ता प्रकाश थारु तथा लायन्स क्लब परिवारप्रति धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस

प्रेम गरेकै कारण गाऊ निकाला

थारु एक्सप्रेस