TharuExpress
समाचार समाज स्थानिय

पर्सामा महानगर सहित पाँच ठाउँमा थारु समुदायले मनाए माघी महोत्सव

मेघराज राय २ माघ

माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।यो पर्वका अवसरमा पर्साका थारु समुदायले पर्साको महानगर सहित ५ ठाउँमा छुट्टा छुट्टै विशेष कार्यक्रम गरेर माघी खिचडी मनाएका छन् ।

थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।पर्साको जिराभवानी गापा वार्ड नम्बर १मा पहिलो पटक खुला रुपमा नृत्य प्रतियोगिता पनि गरेको थियो ।जसमा लाटोमाई एसपी ग्रुप प्रथम युवा समाज पकडीटोल दोस्रो बिरगंज डान्स ग्रुप तेस्रो र बनशक्ती प्रा बी चौथोमा चितमा बुझाउनु परेको थियोे पर्साको जिराभवानी पाचौं पटक बृहत रुपमा माघी पर्व मनाईएको छ ।

content left

माघी पर्वको शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।जसमा जिराभवानी गापाका स्थानीय राजनीतिकर्मी, जनप्रतिनिधि र अगुवाहरुले शुभकामना दिएका थिए भने स्थानीय कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए जिराभवानी गाउँपालिकाको आर्थिक सहयोगमा जिराभवानी गाउँपालीकाको वार्ड नम्बर १को पकडीटोलमा माघी खिचडी पर्व कार्यक्रमको आयोजना गरेको भएको थियो सो कार्यक्रमको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी ले पानसमा दियो बाली उद्घाटन गरेका थिए ।

समाज सेबी बिकाउ प्रसाद भण्डारी युवा समाज पकडीटोलका अध्यक्ष बालेश्वर दिस्वा जिराभवानी गाउँपालीका उपाध्यक्ष रेखा चौधरी वार्ड नम्बर २ का वाड अध्यक्ष महादेव महतो थारु गापा अध्यक्ष अनोज चौधरी छिमेकी गाउँपालीका ठोरीका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।जिराभवानी गाउँपालीका अध्यक्ष अनोज चौधरीको प्रमुख आथित्वमा र वार्ड नम्बर १का वार्ड अध्यक्ष रामशरण खवास थारुको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ४का अध्यक्ष सुरुज राय कार्यपालिका सदस्य रुना माझी ईलाका प्रहरी कार्यालय सेढवाका प्रमुख प्रहरी सई अशोक महतो प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक ललित कुमार साह पाचौं वडाका वाड सदस्यहरु स्थानीय बुधिजिबी महिला लगायतको सहभागि थिए भने कार्यक्रममा स्वागत युवा समाज पकडीटोलका अध्यक्ष बालेश्वर दिस्वाले गरेको थियो भने कार्यक्रम सञ्चालन पुनम चौधरी र बिजय महतो थारुले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

मुख्य चाडपर्व नजिकिँदै गर्दाउपभोक्ता अधिकारकर्मीद्बवारा बाजरमा हुने गरेको कालोबजारी, मूल्य वृद्धि एवम् गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह

थारु एक्सप्रेस

आज कन्काई, कोसी, वाग्मती, तिनाउ र यसका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान

थारु एक्सप्रेस

नागरिक उनमुक्ती पार्टी पर्सा द्वरा दीप प्रजवलन….

थारु एक्सप्रेस