TharuExpress
मुख्य समाचार समाज स्थानिय

पर्साको जिराभवानी गाउँपालिकामा ट्याङ लागेर एक जना महिला गम्भीर घाइते,एक दर्जन भन्दा बढी विद्युतीय उपकरणमा समेत क्षति

 

वीरगन्ज ,२० असाेज : पर्साको जिराभवानी गाउँपालिकामा बिहीबार बिहान पानीसंगै परेको चट्याङ लागेर एक जना महिला गम्भीर घाइते भएकि छन् ।

जिराभवानी गाउँपालिका वडा नम्बर २ वसन्तपुरका लालु बछारकी पत्नी ५२ बर्षिया नथिया देवि थरुनी चट्याङले लागेर गम्भीर घाइते भएकि हुन् ।

content left

आफनै घरमा सुतिरहेको बेलामा बिहीबार बिहान ३:३० बजेको समयमा चटयाङले लागेर थरुनी गम्भीर घाइते भएकाे ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक प्रकाश महतोले जानकारी दिए । घाइते थरुनीको वीरगन्जकाे नारायणी अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय सेढवाले जनाएको छ ।

यसैबिच चटयाङले गर्दा उक्त गाँउमा एक दर्जन भन्दा बढी स्थानीयकाे टिभी, विद्युतीय मिटर ,फ्रीज ,पन्खा लगायतका विद्युतीय उपकरणमा समेत क्षति पुगेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगन्जमा भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु

थारु एक्सप्रेस

स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जना पक्राउ

थारु एक्सप्रेस

पर्सा जिल्ला निर्वाचन क्षेत्र १ र २ को मतगणना सुरु

थारु एक्सप्रेस