पर्सा चैत ४ पुनम चौधरी / स्तरीय गणित शिक्षक प्रशिक्षण कार्यशाला कार्यक्रम शनिबार सम्पन भएको छ l
नेपाल गणित समाज ,मधेस प्रदेशको आयोजनामा स्तरीय गणित शिक्षक प्रशिक्षण कार्यशाला कार्यक्रम सम्पन भएको छ l निक सिमन्स फौन्डेशनको सहयोग र बारा पर्सा तथा रौतहट को विभिन्न स्थानीय पालिका को आर्थिक सहयोग रहेको छ l
मधेस प्रदेश को भिबिन्न बिधयालेमा कक्षा ९ देखि १२ सम्म गणित बिषय अध्यापन गराउने शिक्षक हरुलाई सोसाइटी टु सोसाइटी मधेस प्रदेशको केन्द्रिय समिति सभापति प्रा.डा. नारायण प्रसाद पहारि र मधेस प्रदेश को डाक कृपासिन्धु प्रसाद चौधरीको सन्युक्त सभापतित्वमा कार्यक्रम भएको छ l
यस कार्यशालामा प्रशिक्षकका रूपमा त्रिभुवन बिश्व बिधालयबाट प्र.डाक चेतराज भट्ट, डा. दुर्गाजङ्ग केसी र काठमाडौं बिश्व बिधालयबाट डा. गङ्गाराम फैजु, डा. समीर श्रेष्ठ र डा. सरवस्वती अर्याल हरुले प्रशिक्षण दिएको छ l
प्रमुख अथिती तथा बिशिस्ट अथिती द्वरा पानस्मा बति बाली कार्यक्रम उदघाटन गरिएका थिए l यो कार्यक्रम निकै प्रभावकारी देखिएकोले थप सहयोग गर्न प्रस्ताव को माग गर्दै सफलता को शुभकामना समेत दिनु भएका थिए l
कर्यशाला जम्मा ४८शेशन छ जस भध्ये अहिले सम्म ३३सेशन सम्पन्न भैसकेको तथा ६० जना सहभागी लभान्बित भएको कुरा समाजका केन्द्रिय उपाध्यक्ष डाक श्रीराम खडका ले बताएका छ l
सभापतित्वमा प्रमुख अथिती बिरगंज महानगरपालिका प्रमुख राजेशमान सिंह को प्रमुख आथित्वमा तथा बिशिस्ट अथिती सखुवा प्रसौनी गाउँपालिका प्रमुख यशवन्त यादव; ठोरी गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ ,ररौतहट को बद्धिमाई नगरपालिका प्रमुख प्रदिप कुमार यदव लगायत व्यक्तित्वहरु सहभागीता रहेको थियो l
