TharuExpress
समाचार

विभिन्न बहानामा कुटपिट गरी घरपरिवारद्वारा पाँच महिने गर्भवती महिलाको हत्या गरेको माइति पक्षको आरोप

वीरगञ्ज, साउन २० : विभिन्न बहानामा कुटपिट गरी घरपरिवारले पाँच महिने गर्भवती महिलाको हत्या गरेको माइत पक्षकाले आरोप लगाएका छन् ।

रौतहटको मौलापुर नगरपालिका ७ संगैया टोलका सियाराम साहको छोरा रविन्द्र साहकी श्रीमती २१ वर्षीया पुनम साहको हत्या घरपरिवारले गरेको माइत पक्षले आरोप लगाएको हो ।

गत साउन १५ गते बिहान घरमा पासोमा झुण्डीएको अवस्थामा पुनमको शव फेला परेको थियो ।

content left

बाराको पचरौता नगरपालिका वडा नं. ९ का हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनमको ५ वर्ष अघि रविन्द्र साहसंग समाजिक परम्परा अनुसार विवाह भएको थियो ।

बिहीबार रिपोर्टर्स क्लब रौतहट शाखामा पत्रकार सम्मेलन गरी मृतक पुनमकी दाई पन्नालाल साहले आफ्नो बहिनीको घरपरिवारका सदस्यहरुले मिलेर हत्या गरेको दावी आरोप लगाएका छन् ।

गर्भमा पुनः पाँच महिनाको छोरी रहेको थाहा पाएपछि पुनमको घरपरिवाका सदस्यहरुले मिलेर हत्या गरी पासोमा झुण्ड्याएर अत्महत्या गरेको जस्तो देखाउन खोजेको मृतक पुनमकी दाई पन्नालालले आरोप लगाएका छन् ।

मृत्यु भएको करिब १० घन्टापछि मात्रै माइत पक्षलाई पुनकमको मृत्युबारे जानकारी गराएको र प्रहरी लगायत ससुरा पक्षका व्यक्तिहरुले शव समेत हेर्न नदिएको उनको आरोप छ ।

पन्नालाल भन्छन् ‘मेरो बहिनीको हत्या भएको ४ दिन बितिसक्यो तर न्यायका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा धाइरहेको भएपनि प्रहरीबाट कुनै सहयोग नपाएको अवस्था छ ।’

उनका अनुसार यसअघि पहिलो पल्ट दुई वर्षअघि छोरी गर्भमा रहेको थाहा पाएपछि घरपरिवारले जवरजस्ती गर्भपतन गराएको भनेर पुनमले माईत पक्षलाई भनेकी थिईन् । दोश्रो पटक पुनः अल्ट्रासाउण्ड गराएर गर्भमा फेरि छोरी नै रहेको थाहा पाएपछि परिवारका सदस्यहरुले गर्भपतन गराउन दबाब दिएका तर पुनमले इन्कार गरेपछि हत्या गरेर पासोमा झुण्ड्याई आत्महत्या गरेको भनेर झुटो भ्रम फैलाउन र उनीहरु उम्किन खोजेको पन्नालालले आरोप लगाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु गीत “नैना निहारे “को पहिलो लूक सार्वजनिक …

थारु एक्सप्रेस

पर्साको जिराभवानीमा भार्तिय चोरीपैठारीको राङ्गा भैंसी सशस्त्र प्रहरी द्वारा पक्राउ

थारु एक्सप्रेस

दिनेश चौधरीको पहलमा गाउपालिका बाट दुना टपरी बनाउने मेसिन सहयोग

थारु एक्सप्रेस