TharuExpress
Uncategorized

सखुवाप्रसौनीका अध्यक्ष यसवन्त यादवले गरे नालाको शिलान्यास

पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ को प्रसौनी टोलमा नाला निर्माणको शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष यसवन्त यादवले झन्डै २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको पक्कि नालाको शिलान्यास गरेका हुन् ।

शनिबार प्रसौनी टोलमा आयोजित शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले हिन्दू धर्म संस्कृतिका अनुसार वडा अध्यक्ष चिरञ्जीवि महतो र स्थानीयहरुको उपस्थितिमा नाला निर्माणको शिलान्यास गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष यादवले गाउँपालिकामा विकास निर्माणको कार्यले अब गति लिने बताए । यसअघिका जनप्रतिनिधिले कार्यकर्ता पाल्ने र आफ्ना आशेपाशेहरुलाई नियुक्ति दिने बाहेको केही काम नगरेको आरोप लगाउँदै यादवले गाउँपालिकाको पाँच वर्षको अवधिमा कायापलट गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

content left

२ महिनाको अवधिमा सम्पन्न गर्नुपर्ने हिसाबले नाला निर्माणको ठेक्का रामराज प्रसाद चौरसियाले  पाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

नागरिकता बनाउन विषयमा झगडा हुदा महिलाको हत्या

थारु एक्सप्रेस

चिसो बढेपछि पोखरिया नगरपालिकाका विद्यालय पनि ४ दिन बन्द

थारु एक्सप्रेस

स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार गोविन्द देवकोटालाई

थारु एक्सप्रेस