TharuExpress
मुख्य समाचार समाज स्थानिय

जिराभवानी गाँउपालिकाबाट मंगलबार लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ

 

सेढवा २५ असोज/
पर्साको जिराभवानी गाँउपालिकाबाट मंगलबार प्रहरीले लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेका छन। इलाका प्रहरी कार्यालय सेढवाको बरिष्ठ प्रहरी नायब निरिक्षक प्रकाश महतोको नेतृत्वमा खटेको टोलीले वडा नं १ मा रहेका जगतिया चौकबाट बिहान १०:१५ बजे सो गाँजा पक्राउ गरेका छन। पक्राउ पर्नेमा धोबिनी गाँउपालिका वडा नं ५ निवासी नन्दलाल दास र छिपहरमाई गाँउपालिका वडा नं ३ निवासी बाघा यादव रहेका प्रहरीले जनाएका छन।
ठोरी गाउपालिका वडा नं ५ सुवर्णपुरबाट बीरगंज तर्फ जादै गरेका बी आर २२ के २१८० नम्बरको भारतीय मोटरसाइकललाई सूचनाको आधारमा चेकजाच गर्दा गाँजा बरामत भएको प्रहरीले जनाएका छन। उनीहरुसंग नौ के जी ३०० ग्राम गाजा बरामत भएको प्रहरीले जनाएका छन।पक्राउ परेका दास र यादव तथा लागू औषध गाँजा कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइने प्रहरीले जनाएका छन।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको बसको ठक्करबाट एक जनाको मृत्यु

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाउँपालिकामा राष्ट्रिय भूमी आयोगको आयोजनामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

वीरगंजमा भोली थारू माघी [खिंचड़ी] मनाईने

थारु एक्सप्रेस