पर्सा पुनम चौधरी २९ /माघी [खिंचड़ी] मूल समाहरोह समिति पर्साले आज पत्रकार महासंघ पर्साको सभा हलमा प्रेस रिलिज गरेको छ l थारू माघी समारोह २०८० बीरगंज महानगर पालिका आदर्शनगर, पुरानो बसपार्कमा दिउशो १२ ;३० बजे शेखर चौधरीको संयोजकमा भोली १ गते [सोमबार] माघी कार्यक्रम हुने भएको छ l
यसको साथै पर्सा जिल्लाको चार ओटा गाउपालिकामा थारू माघी कार्यक्रम भोलि हुन गईरहेको छ l जिराभवानी गा. पा, पटेर्वा सुगौली गा. पा, सखुवा परसौनी गा. पा, पर्सागाढ़ी गा.पा मा माघी कार्यक्रम भई रहेको छ l
आज आइतबार घंटाघरमा दीपप्रज्वल कार्यक्रम ६ बजे रखियेको संयोजक शेखर चौधरीले जानकारी दिनु भएको छ l
भोली माघीको कार्यक्रममा रगत दान ल्गायेत थारू साँस्कृतीक प्रभातफेरी सोमबार बिहान ११ ;३० घंटाघर बाट आदर्शनगर पुरानो बसपार्क सम्म हुने छ l त्यस्ते घटो, सामाचेकवा, झ्म्टा, थारू पूर्बी नाच, थारू गितमा नृत्य कला प्रदर्शन हुने छ l
थारू परिकार घोघी,केकरा, माछा, परेवा, हाँस, मुर्गामुर्गी, चिचर, लाइ, तिलवा ल्गायेत थारू खानको परिकार रहेको छ l
स्वागत मंतब्य थारू पत्रकार संघ पर्साका अध्यक्ष सम्भु महतो थारूले राखेका थिए l कार्यक्रम बारे मेलमिलाप थारु परिवारको अध्क्षय मनोज चौधरीले प्रकास परेको थियो l
कार्यक्रममा था.क.स पर्सा को क्रन्द्रिय पार्षद नन्दकिशोर पंजियार, मेलमिलाप थारू परिवारकोअध्यक्ष यवम आर्थिक सयोजक मनोज चौधरी, था.क.स पर्सा को महिला सभा अध्यक्ष विजया ओझैया, थारू पत्रकार संघ पर्साको सचिव दीपेन्द्र चौधरी, प्रबीन चौधरी, प्रमोध चौधरी,जंगबहादुर चौधरी,बिकास चौधरी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो l
