
ओमप्रकाश
सेढवा १ असोज/ पर्साको जिराभवानी गाउँपालिकामा राष्ट्रिय भूमी आयोगको आयोजनामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका छन। कार्यक्रममा गाउपालिकाका जनप्रतिनिधीहरुलाइ भूमिहिन, सुकुम्बासी, दलित एंव अव्यवस्थित बसोबासीहरुको पहिचान गर्ने तरिका , कसलाई भूमि उपलब्ध गराउने, सूचना संकलन गर्ने तरिका सम्बनधमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका विज्ञ सदस्य हिमाल चन्द गौतमले प्रशिक्षण दिएका थिए । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष अहमदको अध्यक्षतामा भएको कार्यक्रममा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको जिराभवानी गापा अध्यक्ष अनोज चौधरीले जनाए। अध्यक्ष चौधरीका अनुसार गाउपालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि गरिएको बताए। कर्यक्रममा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, सम्पुर्ण,वडाअध्यक्षहरु, वडासदस्यहरु र कार्यपालिका सदस्यहरुको सहभनगीता रहेको थियो ।
