TharuExpress
Uncategorized

थारु साहित्यको १०औँ राष्ट्रिय सम्मेलन पर्सामा हुने

पर्सा, १३ माघ।
थारु लेखक संघ नेपाल (TAN) को आयोजनामा १०औँ थारु साहित्य राष्ट्रिय सम्मेलन पर्सा जिल्लामा आयोजना हुने भएको छ। सम्मेलन माघ १६ र १७ गते पर्साको पटेर्वा सुगौली गाउँपालिका–२, बेलवा स्थित थारु अतिथि सेवा सदन सभाकक्षमा सम्पन्न हुनेछ।
थारु भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासलाई मुख्य उद्देश्य राखी आयोजना हुन लागेको सम्मेलनमा देशभरका थारु साहित्यकार, लेखक, अनुसन्धानकर्ता तथा साहित्यप्रेमीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमका सह–आयोजक थारु अतिथि सेवा सदन समिति रहेको छ। सम्मेलनका क्रममा साहित्यिक गोष्ठी, छलफल, र विविध सांस्कृतिक गतिविधिहरू समावेश गरिने बताइएको छ।
आयोजकले सम्मेलनलाई सफल बनाउन सम्पूर्ण सरोकारवालाहरूलाई सहभागिताका लागि आह्वान गरेको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

जिराभवानी–२ सेढवामा नेपाली कांग्रेसको पार्टी कार्यालय उद्घाटन

थारु एक्सप्रेस

जसपाद्वारा पर्साका चारै क्षेत्रमा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस

थारु एक्सप्रेस

अंग्रेजी नयाँ वर्ष २०२६ मा पर्साका पर्यटकीय स्थलमा पर्यटकको भीड, ठोरीमा एक लाखभन्दा बढि पर्यटकहरूको आगमन

थारु एक्सप्रेस