वीरगन्ज, २५ मंसिर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जसपा (अशोक राई समुह) ले पर्साका चारै क्षेत्रका उम्मेदवार नाम सिफारिस गरेको छ।
जिल्ला कार्य समिति बैठकले पर्सा–१ मा पूर्वमन्त्री प्रदीप यादव, पर्सा–२ मा प्रेमबाबु पटेल, पर्सा–३ मा जनार्दन प्रसाद यादव र पर्सा–४ मा तबरेज अहमद लाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
चारै क्षेत्रमा समानुपातिकतर्फ पनि नाम सिफारिस गरिएका छन्।
बैठक वीरगन्जको होटल पूजनमा पर्सा अध्यक्ष सिंहासन सा कलवारको अध्यक्षता र पूर्वमन्त्री प्रदीप यादव तथा मेयर राजेशमान सिंहको उपस्थितिमा सम्पन्न भएको थियो।
प्रतिक्रिया लेख्नुहोस
