TharuExpress
Uncategorized

बीरगंजको स्वीमिङ्गमा माघी खिचडी कार्यक्रमको तैयारी पूरा

वीरगंज, पुस २९ ।
माघी खिचडी मूल समारोह समिति पर्साले आगामी माघ १ गते माघे पर्व भव्य रूपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समितिले आज नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरी यसबारे जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीले हरेक वर्ष आदिवासी थारु समुदायको नयाँ वर्षका रूपमा मनाइने थारु नयाँ वर्ष २६५० को अवसरमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै आएको र यस वर्ष पनि कार्यक्रम पूर्णरूपमा भव्य रूपमा सम्पन्न गरिने जानकारी दिनुभयो।
आदिवासी थारु समुदायको राजनीतिक, सामाजिक तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने कार्यक्रममा घाटो, सामा–चकेवा, झम्टा, थारु पूर्वी नाच, थारु समुदायका बालबालिकाद्वारा गीत–नृत्य तथा बाल कला प्रदर्शनी प्रस्तुत गरिने समितिले जनाएको छ। साथै घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायत परम्परागत खानाका प्रदर्शनीसमेत राखिनेछ।
माघ १ गते आयोजना हुने मूल कार्यक्रम लक्ष्मीनारायण बनठाको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने आर्थिक समिति संयोजक नन्दकिशोर पञ्जियारले जानकारी दिनुभयो।
यसअघि माघ ३० गते पावरहाउस चोकदेखि मकालु हुँदै घण्टाघरसम्म मोटरसाइकल र्‍याली आयोजना गरिने र सोही दिन साँझ ६ बजे घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम गरिने समितिले जनाएको छ।
माघ १ गते बिहान ११ बजे घण्टाघरबाट झाकी सहितको र्याली निकाली आदर्श हुदै कार्यक्रम स्थल स्वीमिंग पुल जाने कार्यक्रम रहेको पत्रकार सम्मेलन जानकारी गरिएको थियो। साथै रक्तदान कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी पर्वलाई भव्य रूपमा मनाइने भएकाले पर्सा जिल्लाका सम्पूर्ण आदिवासी जनजाति तथा अन्य महानुभावहरूलाई कार्यक्रममा उपस्थित हुन संयोजक चौधरीले आग्रह गर्नुभयो।
पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्त्व थारु, मनोजा चौधरी, प्रचारप्रसार संयोजक दिपेन्द्र चौधरी, पुनम चौधरी, सांस्कृतिक संयोजक विजया ओझैया, सुरक्षा संयोजक विकास चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस

Related posts

थारु म्युजिक भिडियो “कजरारी अखियासे गोरी”को पहिलो लुक सार्बजनिक……

थारु एक्सप्रेस

उच्च अदालतको परमादेशपछि कोडेकलाई मल वितरण खुला, उपाध्यक्ष महतोको निर्णय बद

थारु एक्सप्रेस

लामो समयदेखि पानी नपर्दा ग्रामीण भेगमा खडेरी, भूमिगत सिचाई महंगो हुदा किसान चिन्तित

थारु एक्सप्रेस