पटेर्वासुगौली ७ पुस।
पर्सा प्रहरीले जिल्लाका दुई स्थानमा लगाइएको अवैध गाँजा फडानी गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा १५ जनाको टोलीले गाँजा फडानी गरेको हो।
जिराभवानी गाउँपालिका–५ हरैयास्थित भलुवाही खोलाको बगरमा करिब १ कठ्ठा तथा पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवास्थित करिब २.५ कठ्ठा जमिनमा लगाइएको गरी जम्मा ३.५ कठ्ठा क्षेत्रफलमा रहेका करिब ७ हजार ५०० वटा अवैध गाँजाका बोट फडानी गरी सोही स्थानमै नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस
