TharuExpress
Uncategorized

प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्टको आठौँ वार्षिकोत्सवमा ६९ जनाले गरे रक्तदान

वीरगञ्ज, ४ पुस ।
प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्ट, आदर्शनगर वीरगञ्जको आयोजनामा तथा नेपाल औषधि व्यवसायी संघको सहकार्यमा ट्रस्टको आठौँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ४ महिला सहित कुल ६९ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा सलोनी गुप्ता, विभ्या पाल, विजय चौधरी, नरेश पाल, महेश्वर पाण्डेय, आयुष चौधरी, रोहित पटेल, उमेश चौधरी, रोहित पासवान, बृजपाल चौधरी, आलोक नारायण पाण्डे, दामोदर पण्डित, जितेन्द्र पाण्डे, सत्यम कर्ण, अरुण चौधरी, बन्धन साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका सह–कोषाध्यक्ष अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको थियो। रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक मनिष साह, नितेश यादव र बिबेक कुमारलगायतको सक्रिय प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो।

content left

आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानी तथा विशिष्ट अतिथिका रूपमा औषधि व्यवस्था विभाग, वीरगञ्ज शाखाका प्रमुख शम्भु साह उपस्थित रहनुभएको थियो।

कार्यक्रम प्रदीप खण्डेलवाल मेमोरियल ट्रस्टकी अध्यक्ष पुष्पा देवी खण्डेलवालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वक्ताहरूले रक्तदान जस्तो जीवनदायी कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै यस्ता सामाजिक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बाबा बटेश्वरनाथ कावरिया संघको आयोजनामा आज बिहान करिब पाच सय जना जल भर्न प्रस्थान

थारु एक्सप्रेस

कुनै पनि शुल्कको बहानामा परिक्षामा विधार्थीहरुलाइ रोक नलगाउन मेयर सिंहद्वारा निर्देशन

थारु एक्सप्रेस

जसपाद्वारा पर्साका चारै क्षेत्रमा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस

थारु एक्सप्रेस