TharuExpress
Uncategorized

कुनै पनि शुल्कको बहानामा परिक्षामा विधार्थीहरुलाइ रोक नलगाउन मेयर सिंहद्वारा निर्देशन

वीरगन्ज,१७ साउन : वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका विधालयहरुलाइ मासिक शुल्क वा कुनै पनि शुल्कको बहानामा परिक्षामा विधार्थीहरुलाइ रोक नलगाउन निर्देशन दिएको छ ।

मेयर राजेशमान सिंहका सचिवालयले मङगलबार एक सुचना जारी गर्दै महानगरका सामुदायिक वा संस्थागत विधालयमा अध्ययनरत विधार्थीहरुलाइ शुल्क वा कुनै पनि बहानामा परिक्षामा सहभागी हुनबाट रोक लगाउने कार्य नगर्न निर्देशन दिएको हो ।

सोमबार मात्रै अभिभावक संघर्ष समिति वीरगन्जका अध्यक्ष सन्दिप साहले सामाजिक सन्जाल फेसबुकमा एक पोष्ट गर्दै वीरगन्जका नीजी विधालयहरुले शुल्क नतिरेको बहानामा विधालय व्यवस्थापनले परिक्षामा सहभागी हुन बाट रोक लगाउने चेतावनी दिएको जानकारी गराएका थिए ।

content left

त्यसको भोलिपल्ट मङगलबार मेयर सिंहको सचिवालयले सुचना जारी गर्दै शुल्क वा कुनै पनि बहानामा विधार्थीहरुलाइ परिक्षामा सहभागी हुनबाट रोक लगाउने कार्य नगर्न विधालयहरुलाइ निर्देशन दिएको हो ।

यदि कुनै पनि विधालयले विधार्थीहरुलाइ कुनै पनि बहानामा परिक्षामा सहभागी हुनबाट रोक लगाएमा वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा सिधै सम्पर्क गर्न विधार्थी र उनिहरुका अभिभावकहरुलाइ मेयर सिंहको सचिवालयले आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

उच्च अदालतको परमादेशपछि कोडेकलाई मल वितरण खुला, उपाध्यक्ष महतोको निर्णय बद

थारु एक्सप्रेस

सखुवाप्रसौनीका अध्यक्ष यसवन्त यादवले गरे नालाको शिलान्यास

ranjityadav

बार डे–२०८२ को अवसरमा वीरगञ्जमा प्रभातफेरी सम्पन्न

थारु एक्सप्रेस