TharuExpress
Uncategorized

सामाजिक हैसियत देखाउने प्रतिस्पर्धाका कारण आर्थिक बोझ थपिदै

पुनम चौधरी पर्सा /
थारू समुदाय नेपालको एक प्रमुख आदिवासी समुदाय हो, जसको आफ्नै भाषा, संस्कृति र परम्परा छन । तर पछिल्लो समय थारू समुदायभित्र पनी दाइजो प्रथाको प्रभाव बढ्दै जानु चिन्ताको विषय बनेको छ ।विवाहलाई संस्कारभन्दा बढी लेनदेनको रुपमा हेर्ने प्रवृतिले सामजिक समस्य सिर्जना गरिरहेको छ ।
दाइजो प्रथाका कारण थारू समुदायका धेरै परिवार आर्थिक रुपमा कमजोर बन्दै गएका छन। छोरीको विवाह गर्न नगद , गहना, मोटरसाइकल, सुन, जस्ता सामाग्री जुटाउनुपर्दा गरीब परिवार ऋणमा डूबने आवस्था आएको छ । यसले परिवारको आर्थिक स्थायित्वमा नकरात्मक असर परेको छ ।यस प्रथाले सबैभन्दा ठूलो असर महिलामाथि परेको देखिन्छ ।दाइजो कम ल्याएको भन्दै बुहारीमाथि मानसिक र शाररीरिक हिंसा हुने, अपमान सहानुपर्ने र घरभित्र असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यसले महिलाको आत्मसमान र सामजिक हैसियतमा चोट पुर्याएको छ । पछिल्लो समय थारू समुदायमा विवाहका क्रममा देखासिकी को नाममा मोटरसाइकल र सुनदिने चलन बढ्दै गएको देखीन थालेका छन ।
” सामाजिक हैसियत देखाउने प्रतिस्पर्धाका कारण यस किसिमको चलनले परिवारमाथि आर्थिक दबाब बढाएको स्थनीयको गुनासो छ” ।

करैयामाई गाउपलिका वडा न . २ की स्थानीय अनुसार दाइजो लिएको आरोपलाई अस्वीकार गर्दै छोरी पक्षले भने,” हामीले दाइजो दिएको होइन, आफ्नी छोरी र ज्वाइलाई चढ़का लागि मोटरसाइकल दिएका हो। ”

‘सामजिक अभियन्ताहरुले यस किसिमको देखासिकी दाइजो प्रथाको अर्को रूप भएको भन्दै चिन्ता ब्यक्त गरेका छन ‘। यसै बिच स्थानीय अगुवा र नागरिक समाजले यस्ता बिकृति चलनको अन्त्यका लागि जनचेतना अभियान आवश्यक रहेको बताएका छन।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

चाडपर्वको मौका छोपेर उपभोग्य वस्तु देखि लिएर घर सजावने समानमा मूल्य बृद्धि

थारु एक्सप्रेस

पर्सा–४ मा रमेश रिजालप्रति मुस्लिम समुदायको समर्थन

थारु एक्सप्रेस

जसपाद्वारा पर्साका चारै क्षेत्रमा प्रत्यक्षतर्फ एकल उम्मेदवार सिफारिस

थारु एक्सप्रेस