TharuExpress
Uncategorized

थारु कल्याणकारी समिति पर्साको उपाध्यक्ष गौतम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यू

सेढवा ३० बैशाख/ थारु कल्याणकारी समिति पर्साको उपाध्यक्ष गौतम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यू भएका छन। जिराभवानी गाँउपालिका वडा नं ४ सुपौलीबाट बीरगंज जाने क्रममा शुक्रवार राती करिब ८:०० बजे चौधरीको हुलाकी सडकखण्ड अन्तर्गत रमनगरीमा दुर्घटना भएको प्रहरीले जनाएका छन। दुर्घटनामा चौधरी सडकमा र मोटरसाइकल सडकको दाहिने खेतमा लडेका थिए। तर चौधरीको दाहिने आखाको छेउमा समान्य चोट लागेको आफन्तले जनाए।चौधरीको शवलाई नारायणी अस्पतालमा पोष्टमटम गरी परिवारलाई बुझाएका थारु कल्याणकारी समिति पर्साका सचिव मनोज चौधरीले बताए।चौधरीको अन्तिम संस्कार स्थायी घर बीरगंज महानगरपालिका वडा नं २७ बस्डिल्वामा थारु समुदायको झण्डा ओढाई हिन्दु परम्परा अनुसार गरिएको सचिव मनोज चौधरीले जनाए। चौधरीको दाह संस्कारमा थारु समूदायसंग आबद्ध संघसंस्थाका सदस्यहरुको सहभागिता रहेका थिए।चौधरी थारु मेलमिलाप परिवारका सदस्य तथा लेखापढी व्यवसायी पधि रहेका थिए।
प्रतिक्रिया लेख्नुहोस

Related posts

नीजि विधालयमा अध्ययनरत विधार्थीका अभिभावकहरु आफनो समस्या लिएर वीरगन्ज महानगरपालिकाको कार्यालयमा जादा सुरक्षाकर्मीले अवरोध गरेपछि केहि बेर सामान्य तनाव

थारु एक्सप्रेस

सावन महिनाको तेस्रो सोमबार ब्रत बसी शिवजीको पूजा आराधना गरिदै

थारु एक्सप्रेस

पर्सा प्रहरीद्वारा बिल बिजकभन्दा फरक सामानहरू ढुवानी गरेको भेटिएपछि एउटा ट्रक नियन्त्रणमा

थारु एक्सप्रेस