TharuExpress
मुख्य समाचार समाज

नागरिक उनमुक्ती पार्टी पर्सा द्वरा दीप प्रजवलन….

१६  जेष्ट     नागरिक उनमुक्ती पार्टी पर्सा द्वरा दीप प्रजवलन कार्यक्रम समपन गरिएको छ। पुर्ब माननीय सासद रेशम चौधरी को रिहाईको खुशी मनाउदै सो कार्यक्रम गरिएको थियोे। राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५ सय १ जनाको कैद माफी गरेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरेका राष्ट्रपति कार्यालयले जनाएको थियोे । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन्। कार्यक्रममा नागरिक उनमुक्ती पार्टी पर्सा अध्यक्ष निरन्जन चौधरी,उपाध्यक्ष बलिराम थारु,सहसचिव अमित चौधरी,सदस्य समीर चौधरी,आकाश चौधरी,द्वरिका चौधरी,थारु मेलमिलाप परिवार पर्सा अध्यक्ष मनोज चौधरी, थारु नागरिक सामाज बारा पर्सा रौतहट सयोजक प्रमानन्द चौधरी, थारु महिला सभा अध्यक्ष बिजिया ओझैया विधार्थी सघ पर्सा अध्यक्ष चन्द्रशेखर पन्जियार लगायत थारु सघ सस्था थारु अगुवाहरुको समेत उपस्थिति रहेको थियो।
👍
प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

रौतहटको चन्द्रपुर नगरपालिका ३ मा जिपको ठक्करबाट एक युवकको मृत्यु

थारु एक्सप्रेस

आठ वर्षदेखि अलपत्र घोडेमसान सिँचाइ आयोजना : किसानकै प्रयासमा खेतमा पानी

थारु एक्सप्रेस

लागूऔषध सहित एकजना पक्राउ

थारु एक्सप्रेस