पर्थासा ३ चैत थारु म्युजिक भिडियो “कजरारी अखियासे गोरीको पहिलो लुक सार्वजनिक भएको छ।गायक खेम चौधरी र समीक्षा चौधरीको स्वरमा सजिएको थारु गीतको पहिलो लुक सार्वजनिक भएको छ। दुई सय भन्दा बढी म्युजिक भिडियोमा निर्देशन दुई दर्जनौ भन्दा बढी अभिनय गरिसकेको सयौ गीतमा कोरियो र बीस भन्दा बढी गीतमा शब्द लिरिक्स दिसकेको, निर्देशन,लेखक,अभिनेता तथा कोरियोग्राफर हिरा चौधरी र अभिनेत्री मुस्कान चौधरीको दमादार अभिनय र नृत्य भरिएको छ। थारु भिडियोमा एरान्ज गणेश चौधरी,रेकर्डिङ ओक्स्टिक स्टुडियो,मिक्स चन्द्रा चौधरी,केमरा निरज महतो,मेकप सरु ओलि एडिटर सुरेश चौधरी,कोरियोग्राफर विशाल गौरो,सह निर्देशक नितेश जङ्ग चौधरी रहेको छ भने हिरा चौधरी स्वम आफै निर्देशन गर्नु भएको छ भनेर बि एन्ड जि को सि इ ओ तथा थारु कलाकार बिरु चौधरीले जानकारी गराउनु भएको छ। यो थारु गीत बि एन्ड जि इनटरटेन्मेन्ट नेपाल युटुब नेपालबाट हुने र छिटोभन्दा छिटो रिलिज हुने छ भनेर चानन्लका म्यानाजिग डाइरेक्टर गणेश चौधरीले बताउनु भएको छ।
