माघी खिचडी मूल समारोह समिति गठन, २०८१ को माघी कार्यक्रमको समिक्षा
वीरगन्ज, २७ मंसिर।
माघी पर्वलाई व्यवस्थित रूपमा मनाउने उद्देश्यले माघी खिचडी मूल समारोह समिति गठन गरिएको छ। सो सम्बन्धमा बसेको बैठकले २०८१ सालको माघी कार्यक्रमको समिक्षा समेत गरेको छ।
बैठकमा २०८१ मा सम्पन्न माघी खिचडी कार्यक्रमका सकारात्मक पक्ष, देखिएका कमजोरी तथा आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा समुदायको सहभागिता, व्यवस्थापन पक्ष र सांस्कृतिक प्रस्तुतीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालिएको छ।
समितिले आगामी वर्षका माघी कार्यक्रमहरू अझ व्यवस्थित, समावेशी र भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। बैठकले आवश्यक तयारी समयमै सुरु गर्ने र स्थानीय समुदाय, संघ–संस्थासँग समन्वय गरेर कार्यक्रम अगाडि बढाउने निर्णय समेत गरेको छ।
बैठकमा उपस्थित पदाधिकारी तथा सदस्यहरूले निर्णयमा सहमति जनाउँदै पुष २ गते पुनः बैठक बसी माघी खिचडी समिति गठन गर्ने कार्यक्रम समापन गरिएको थियो।
