TharuExpress
खेलकुद

एनपीएलमा आज काठ्मान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने

२४ मंसिर, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

लिग चरणमा काठमाडौँले ५ जित र २ हारसहित तेस्रो स्थान हासिल गरेको थियो भने लुम्बिनीले ४ जित र ३ हारको नतिजासहित चौथो स्थानबाट प्लेअफमा प्रवेश गरेको हो। दुवै टोलीबीच भएको अघिल्ला दुई खेल काठमाडौँले जितिसकेको छ।

आजको खेलको विजेताले भोलि दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको विजेता शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

वीरगञ्जमा खानेपानीको हाहाकार

थारु एक्सप्रेस

महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटे

थारु एक्सप्रेस

एनपीएल इलिमिनेटर : काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य

थारु एक्सप्रेस