TharuExpress
समाज स्थानिय

मेलमिलाप थारु परिवार द्वारा थारु सास्कृती तथा सुभकामना कार्यक्रम हुँदै…

दिपेन्द्र चौधरी असोज २९

मेलमिलाप थारु परिवार द्वारा सुभकामना तथा थारु सास्कृती कार्यक्रम गर्ने भएको छ।हिन्दुहरुको महान दीपवली तथा छ्ठ्ठ पर्बको शुभ अवसरमा मेलमिलाप थारु परिवारको आगुवाइमा एवम् संस्थाका अध्यक्ष मनोज चौधरीको सभापतित्वमा हुने गैरहेको हार्दिक सुभकामना तथा थारु सास्कृती कार्यक्रम यहि कार्तिक शुक्रबार ४ गते बिहान ११ बजे हुने भएको छ। पटेर्वा गाउपालिका वाड ४ स्थित दा.प.फरहादवा सुगौली खेल मैदानमा हुने कार्यक्रममा स्थानीय कलाकार देखि लिएर थारु इन्डस्ट्रीका जल्दा बल्दा प्रख्यात कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने थारु नागरिक समाजका अध्यक्ष प्रमानन्द चौधरीले जानकारी गराउनु भएको छ।यस कार्यक्रममा विभिन्न स्थानीय कलाकारहरुलाइ आकर्षक उपहारस्वरूपको पनि प्रबन्ध रहेको चौधरीले बताउनु भएको छ।यस कार्यक्रममा पर्साको पुर्ब देखी पच्छिमसम्म सबै गाउँ गाउपालिका,उपमहानगरपालिका लगायत बृहत भिड लगाएर भबय र सभयको साथ सफल पार्ने उदेश्य रहेको आयोजक टिमले जानकारी गराउनु भएको छ। कार्यक्रमको सहयोगी सस्थाहरु थारु नागरिक समाज बारा पर्सा रौतहट ,थारु फर्मा मार्केटिङ बिरगंज रहेको छ भने मेडिया पाट्नर थारु एक्स्प्रेस तथा थारु पत्रकार संघ नेपाल पर्सा रहेको था.क.स. केन्द्रिय पार्सद नन्दकिशोर पन्जियारले बताउनु भएको हो।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

जिसस पर्साको निर्वाचनमा जसपा-एमाले गठबन्धनको प्यानल विजयी

ranjityadav

मोटरसाईकल दुर्घटना हुदा बीरगंजमा दुई जनाको मृत्यु

थारु एक्सप्रेस

पात तोडने क्रममा तेलीको मृत्यु

थारु एक्सप्रेस