TharuExpress
समाज स्थानिय

गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइँदै

वीरगंज, १५, भाद्र
भाद्र शुक्ल चतुर्थीका दिन आज गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइँदैछ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरि गणेशको जन्मोत्सव मनाउने गरिन्छ । हरितालिका तीजको व्रत पारायण गरि गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्टराईले जानकारी दिनुभयो । यस अवसरमा केहीले गणेश चतुर्थीको व्रत समेत गर्छन् । मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछ । तिथिको घटबढका कारण चथा पर्व हिजो नै मानिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्वदेशमा उचित ज्याला तथा आफ्नो क्षमता आनुसार काम नपाउदा युवाशक्ति बिदेशीन बाध्य

थारु एक्सप्रेस

ठोरीस्थित इलाका प्रहरी भवन जीर्ण हुँदा त्यहाँ कार्यरत सुरक्षाकर्मी सास्ती भोग्न बाध्य

थारु एक्सप्रेस

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

थारु एक्सप्रेस