पर्सा २९ फाल्गुन पुनम चौधरी /ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जीतपुर साखाको आयोजनामा ८८ औ शिव जयंतीको उपलक्षयमा प्रबचन कार्यक्रम सम्पन भएको छ l ब्रहमाकुमारी राजयोग उपसेवा केंद्र जीतपुरले बिहान ७ बजे विश्व शान्ति एवं राष्ट्रिय सदभाव शान्ति पद यात्रा निकालेको थियो l
ब्रहमाकुमारी राजयोग उपसेवा केंद्र आयोजनामा भएको शान्ति पद यात्रा जीतपुरसिमरा उपमहानगरपालिकाका बिभिन्न वडा परिक्रमा गरी जीतपुरको फकीरा गिरि उच्च माबि विधालयमा जम्मा भएको थियो l शान्ति प्रवचन कार्यक्रम ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बीरगंज शाखा की प्रमुख रबिना दीदीको अध्यक्षतामा सम्पन्न भएको थियो l
प्रदेश सभा सदस्य देव नारायण चौधरीको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा विशिस्ट व्यातित्वहरुको साथै समाजिक अभियान्त प्रकाश थारू लगायतको उपस्थिति रहेको थियो l विश्वमा शान्ति स्थापना गर्ने उदेश्यले सो कार्यक्रमको सम्पन्न भएको थियो l
