TharuExpress
मुख्य समाचार

दर्ताका लागि पहिलो दिन ६ वटा पार्टीले निर्वाचन आयोगमा निवेदन दिए

वीरगंज,साउन,२३ निलम चौधरी
मंसिर ४ गते हुने चुनावका लागि हिजो पहिलो दिन ६ वटा पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी र जनता प्रगतिशील पार्टीले दर्ताका लागि आयोगको कार्यालयमा निवेदन दिएका हुन् । अरु दलहरुले पनि दर्ताको तयारी थालेका छन् । आयोगले यो महिनाको अन्तिमसम्ममा दल दर्ता गर्न सकिने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तय भएसँगै दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । प्रमुख प्रतिपक्षी दल एमाले, सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल एकीकृत समाजवादी, जनता समाजवादी जसपा, लोकतान्त्रिक समाजवादी लोसपा लगायतका दलहरुले चुनाव केन्द्रित छलफल र भेटवार्ता सुरु गरिसकेका छन् । मंसिरको चुनावमा पनि मिलेर जाने निर्णय गरेका सत्ता गठबन्धनभित्र सिट बाँडफाँटबारे गृहकार्य भइरहेको छ । मुख्य दलहरुसँगै जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली जनता दल, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, स्वतन्त्र पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना लगायतका साना पार्टीहरुले समेत चुनाव केन्द्रित गतिविधि थालेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

ट्याक्टर सहित काचो सालको गोलाई प्रहरीको नियन्त्रणमा ,चालक फरार

थारु एक्सप्रेस

वीरगन्जमा भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु

थारु एक्सप्रेस

प्रधानमन्त्री शेरबहादुर देउवालेआदिवासी, जनजातिको हितका लागि धेरै महत्त्वपूर्ण काम गर्दै आएकोदाबी

थारु एक्सप्रेस