TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

सेढवामा आयोजित महादुर्गा पूजा एक कार्यक्रमका बीच जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरी द्वारा उदघाटन

 

 

 

सेढवा १६ असोज/
बिजयादशमीको आज महासप्तमीको दिन जिराभवानी गाँउपालिका वडा नं २ सेढवामा आयोजित महादुर्गा पूजा एक कार्यक्रमका बीच उदघाटन गरिएका छन। जिराभवानी गाउपालिकाका अध्यक्ष अनोज चौधरीले रिबन काटी उदघाटन गर्नुको साथै माँ दुर्गाको आनुहारको पट्टी खोलेका थिए।

 

content left

फुललपातीका दिन माँ दुर्गाको डोलीलाई बाजागाजाका साथै गाउ परिक्रमा गरी निर्माण गरिएको पण्डालमा पुगी उदघाटन कार्यक्रम संचालन गरिएका थिए। नव दुर्गा पूजा समितिका अध्यक्ष बसन्त भैयाको सभापतित्व तथा गाँउपालिका अध्यक्षता अनोज चौधरी भएको कार्यक्रममा वडाध्यक्ष महादेव महतो थारु, रामशरण ख्वास, वडासदस्य नन्दकिशोर साह शंकर पटवारी, शिक्षक लहवर प्रसाद चौधरी, रामनारायण महतो, अशोक महतो, संचारकर्मी ओमप्रकाश चौधरी, स्वास्थ्यकर्मी ज्ञानकिशोर प्रसाद,पूजा समितिका सल्लाहकार सत्यनारायण साह , प्रधुमन यादवले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम शिक्षक खेमराज महतोले संचालन गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

७ औं पारसवा गोल्ड कपको औपचारीक कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस

वीरगंजमा भोली थारू माघी [खिंचड़ी] मनाईने

थारु एक्सप्रेस

तेलि कल्याण समाजद्वारा स्वजातिय जनप्रतिनिधिहरुलाई सम्मान

ranjityadav