TharuExpress
समाचार

पर्सामा एक नगरपालिका र ३ गाउँपालिकाले अझै पेश गरेनन् बजेट

वीरगंज । पर्साकाे कालिकामाई र धाेबिनी गाउँपालिकाकाे गाउँ सभा अझै हुन सकेकाे छैन् । गाउँ सभा नहुँदा आर्थिक बर्ष २०७९/०८० काे बजेट आउन सकेकाे छैन् । गाउँ सभाबाट बजेट पारित नहुँदा विकास निर्माणकाे काम अगाडी बढन सकेकाे छैन् ।

पर्सा कै पाेखरिया नगरपालिका र सखुवा प्रसाैनी गाउँपालिकाकाे सभा सम्पन्न भए पनि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गर्नु पर्ने बजेटकाे विवरण पेश भएकाे छैन् ।

 

 

content left

मन्त्रालयका्े वेभसाइडमा अपलाेड भएकाे विवरण अनुसार अझै सम्म पर्साका एक महानगरपालिका, दुई नगरपालिका र ७ पालिकाले मात्र वजेटकाे विवरण पेश गरेका छन् । एक नगरपालिका र ३ गाउँपालिकाले बजेटकाे विवरण पेश गरेका छैनन् ।

वजेट पेश गर्नेमा वीरगंज महानगरपालिका, बहुदरमाई नगरपालिका र पर्सागढी नगरपालिका रहेका छन् ।

यसैगरी छिपहरमाई, जगरनाथपुर, पटेर्वा सुगाैली, पकहा मैनपुर, बिन्दवासिनी, ठाेरी र जिराभवानी गाउँपालिकाले पनि आर्थिक बर्ष २०७९/०८० काे बजेट विवरण पेश गरेकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयकाे वेभसाइडमा देखिन्छ ।

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

भारतबाट अवैध रुपमा भित्र्याइएको ठूलो परिमाणको फर्जी मतपत्रसहित एक भारतीय पक्राउ

थारु एक्सप्रेस

शम्सानघाटमा गाडिएको एक बालककाे शव निकालेर पाेष्टमार्टमका लागि अस्पतालमा पठाएयो

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाउँपालिकाको १२ औ गाउँसभा सम्पन्न

थारु एक्सप्रेस