TharuExpress
मुख्य समाचार

बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु

२ भाद्र  तहट । रौतहटको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका २ अन्र्तगत पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश ०३-००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

content left

अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

बिरगंजको इनरुवा गाउ नाका बाट खुल्याम माछाको तस्करी हुदै

थारु एक्सप्रेस

पर्साको जिराभवानी गापाका सामुदायिक विद्यालयप्रति अभिभावकहरु आकर्षितहुँदै

थारु एक्सप्रेस

आदित्य कलेजमा नेपाली बिद्यार्थीहरुको आर्कषण बढदै

थारु एक्सप्रेस