TharuExpress
खेलकुद समाचार

जितिया पर्वको अवसरमा औराहा पञ्चगावामा दंगल कुस्ती प्रतियोगिता सुरु

वीरगञ्ज , असोज १९ 

पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहा पञ्चगावामा जितिया पर्वको अवसरमा आयोजना गरिएको मेला अन्तर्गत आजदेखि दंगल कुस्ती प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले गर्नुभएको हो। जितिया पर्वको अवसरमा स्थानीयस्तरमा आयोजना गरिएको मेलालाई थप आकर्षक बनाउन कुस्ती प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

content left

प्रतियोगितामा नेपालका विभिन्न स्थानसँगै भारतका विभिन्न क्षेत्रबाट आएका पहलवानहरूको सहभागिता रहेको छ। नेपाली तथा भारतीय पहलवानबीच प्रतिस्पर्धा हुने भएकाले प्रतियोगितामा स्थानीय दर्शकको समेत उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ।

जितिया पर्वको सांस्कृतिक तथा सामाजिक महत्वसँगै मेलामा आयोजना हुने दंगल कुस्तीले स्थानीय कला, परम्परा र मनोरञ्जनलाई समेत निरन्तरता दिने आयोजकको विश्वास छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

वडा नम्बर २ क्षप्कैया टोलमा स्वतंत्र उम्मेदवार श्याम प्रसाद गुप्ताद्वारा शुक्रबार घरदैलो कार्यक्रम

थारु एक्सप्रेस

स्वर्गीय कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट अर्जुन चौधरी सम्मानित

थारु एक्सप्रेस

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुग्यो साबिक विजेता अर्जेन्टिना

थारु एक्सप्रेस