TharuExpress
समाचार

पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट कारको डिकीमा ११४ किलो २५ ग्राम गाँजा बरामद, एक युवक पक्राउ

वीरगञ्ज , भदौ २० 

पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहाँ मैनपुर गाउँपालिका–१ धोरेस्थित तिलाउपुल–भिष्वा सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार तिलाउपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो निसान कारलाई रोकी चेकजाँच गर्दा कारको पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए।

ती पोका खोलेर जाँच गर्दा प्लास्टिकसहित ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहित प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ बस्ने २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको छ। प्रहरीले कार र बरामद गाँजा नियन्त्रणमा लिई चेपाङमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

गरिमा चौधरीको न्याय माग्दै वीरगञ्जमा थारु संघसंस्थाको दीप प्रज्वलन

थारु एक्सप्रेस

पर्साको ग्रामीण उतरी भेगमा रोकिएन बाघ आतंक सम्बन्धित बन कर्मचारी मौन

थारु एक्सप्रेस

सम्मान तथा कपी कलम बितरण कार्यक्रम सम्पन

थारु एक्सप्रेस