TharuExpress
समाचार

नारायणी अस्पतालबाट चोरी भएको बच्चासहित महिला पक्राउ

बीरगंज ,,भदौ १५

अजित धामी चौधरी

वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशुसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

content left

बच्चा चोरी भएको करिब १६ घण्टापछि प्रहरीले शिशुलाई सकुशल फेला पारेको हो ।

प्रहरीले वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट नवजात शिशुसहित बच्चा चोरीमा संलग्न महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज–१६ इनर्वाकी सबिना खातुन रहेको पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार प्रहरीले रातभरि खोजी तथा अनुसन्धान अभियान सञ्चालन गरेर शिशुलाई लिएर भागेकी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेकी खातुन र नवजात शिशुलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आइतबार राति नारायणी अस्पतालबाट एक दिने नवजात शिशु चोरी भएको थियो ।

सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन् ।

अस्पतालमा रहेका शिशुको हजुरआमासँग एक महिलाले बच्चा खेलाउने भन्दै मागेकी थिइन् । बच्चा लिएपछि ती महिला अस्पतालबाट बेपत्ता भएकी थिइन् ।

घटनापछि परिवारले प्रहरीलाई खबर गरेसँगै प्रहरीले खोजी तथा अनुसन्धान तीव्र बनाएको थियो ।

सोही क्रममा प्रहरीले सोमबार बिहान शिशुसहित महिलालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गयो

थारु एक्सप्रेस

बिद्यापती नगरमा शनिबार सरसफाई कार्यक्रम सम्पन

थारु एक्सप्रेस

दुग्धेश्वर धामको बिकशका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

थारु एक्सप्रेस