TharuExpress
शिक्षा

जिराभवानीमा समावेशी तथा गुणस्तरीय शिक्षा विकासमा सरोकारवालाको जोड

वीरगन्ज , श्रावण ३०

 

पर्साको जिराभवानी गाउँपालिकामा समावेशी तथा गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

 

युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन निड, एकाउन्टीबिलिटी नेपाल, नेपाल अपाङ्ग महिला संघ र दिव्य विकास स्रोत केन्द्र पर्साको संयुक्त साझेदारीमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत शुक्रबार आयोजित बैठकमा सहभागीहरूले गाउँपालिकाभित्र सबै बालबालिकाको समान शैक्षिक पहुँच सुनिश्चित गर्नुपर्ने बताएका हुन्।

 

content left

बैठकमा गाउँपालिकाभित्रका विद्यालयमा देखिएका समस्या तथा चुनौती, शिक्षा सुधारका लागि स्थानीय तहबाट गर्न सकिने सहयोग तथा समावेशी शिक्षाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

 

कार्यक्रममा अपाङ्गता भएका बालबालिका तथा बालिकामैत्री शैक्षिक वातावरण निर्माण, विद्यालय र स्थानीय सरकारबीचको समन्वय तथा शिक्षा क्षेत्रको सुधारमा स्थानीय तहको भूमिकाबारे पनि छलफल भएको थियो।

 

दिव्य विकास स्रोत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिराभवानी गाउँपालिकाका पाँचवटै वडाका वडाध्यक्ष तथा वडा प्रतिनिधि, शिक्षा शाखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख र प्रशासन शाखा प्रमुखको सहभागिता थियो।

 

त्यस्तै, बितो महतो जनता माध्यमिक विद्यालय जितपुर नौकाटोला, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढवा र बसन्तपुरका प्रधानाध्यापक तथा बालिका र समावेशी सञ्जालका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

 

कार्यक्रमको सहजीकरण शिक्षाका लागि राष्ट्रिय अभियानका राष्ट्रिय उपाध्यक्ष रामप्रवेश साहले गरेका थिए भने सञ्चालन दिव्य विकास स्रोत केन्द्र पर्साका सहायक कार्यक्रम अधिकृत नवलकिशोर साहले गरेका थिए।

 

बैठकले स्थानीय तहमा समावेशी तथा गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि सरोकारवालाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आगामी दिनमा समन्वयात्मक पहल गर्ने निष्कर्ष निकालेको छ।

 

प्रतिक्रिया लेख्नुहोस

Related posts

कक्षा ११ र १२ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक

थारु एक्सप्रेस

पर्साको जिराभवानी गापाका सामुदायिक विद्यालयप्रति अभिभावकहरु आकर्षितहुँदै

थारु एक्सप्रेस

पढाईको साथ साथै सैद्धान्तिक सिप र ब्यवहारिक ज्ञान सिकाउदै रोयल एकेडमी

थारु एक्सप्रेस