TharuExpress
धार्मिक

जिराभवानी गाउँपालिका जंगल क्षेत्रमा रहेको सुगीभार माई को स्थान जीर्ण बन्दै

वीरगञ्ज , श्रावण २७

अजित धामी चौधरी 

 

पर्सा, जिल्ला  को जिराभवानी गाउँपालिका वडा नम्बर ५ सखुवनिया  जंगल क्षेत्रमा अवस्थित रहेको सुगीभार माई को स्थान जीर्ण बन्दै गइरहेको छ।

content left

 

जिराभवानी गाउँपालिका सखवनिया जंगल क्षेत्रमा अवस्थित रहेको सुगीभार माई को स्थान जीर्ण बन्दै गइरहेको हुनाले चिन्ताको बिषय बनेको छ ।

 

धार्मिक र पर्यटकीय महत्वको यो स्थल संरक्षणका अभावमा मन्दिरको परिसर वरिपरि फोहर र दुर्गन्धित बन्दै गएईरहेको अवस्था देखिन्छ।

 

हिन्दुहरुको आस्थाको केन्द्र, ऐतिहासिक शक्तिपीठ, सुन्दर शान्त ,हरियालि,  वातावरण,  प्राकृतिकले भरिएका भरिपूर्ण  भएता पनि स्थानीय सरकार तथा स्थानीयले ध्यान नदिदा  अवस्था नाजुक बन्दै  गइरहेको छ।

 

सुगीभार माई स्थान जस्तो सुन्दर, शान्त र प्राकृतिक रूपमा धनी र धार्मिक क्षेत्र संरक्षण अभावमा ओलझेलमा पारर्नु र स्थानीय सरकार मूखदर्शक बन्नु साँच्चै नै दुःखद कुरा हो। यसको

पूर्णउत्थानका लागि स्थानीय सरकार, वडा कार्यालय र स्थानीय बासिन्दाले तत्काल ध्यान दिन आवश्यक देखिन्छ।

 

नत्र भोलि को दिनमा जिराभवानी

गाउपालिका वरिपरि बसेका बासिन्दाहरूलाई सह्जरुपमा बस्न र बसोबास गर्न धेरै गार्हो भएर जान्छ। सुगिभार माई मन्दिर  निर्माण व्यवस्थित भइसकेपछि मात्र जिराभवानी गा.पा. वडा न. ५ सखवनिया र हरैया का बासिन्दाहरू सुख र शान्ति ले अहिले  बसो बास गर्न

पाइरहेका छ्न।

 

हिन्दुहरुको आस्थाको केन्द्र, ऐतिहासिक  सुगिभार माई मन्दिर शक्तिपीठ, सुन्दर शान्त ,हरियालि,  वातावरण,  प्राकृतिकले भरिएका भरिपूर्ण छ्न। त्यस्तै प्रत्येक सालको हिन्दुहरूको महान चाडपर्व बडा दशै,

दिपावली, छ्ठ पुजा बितिसक्दा आठौं  दिन मा कथा एवम नाच प्रोग्राम हुन्छ र  (९, नौ) दिन मा कार्तिक र मङ्सिर महिना मा  ७ दिनको लागी रात्री  मेला  लाग्ने  गर्छन्  (७,सातो) देबी मेला पुर्खो पुरानदेखि सतो देबी रात्रि मेला लाग्दै  आएकोहुनाले अहिले  पनि रात्री मेला बाघ मोर्चा माई, सुगि भार माई, गादी माई,  कोईला भार माई, आमोदेबी माई, चोयला भार माई, करहिया माई सात दिनको रात्री मेला धेरै

भक्तजनहरुको भिडभाड हुने गर्छन्।

 

र सबै भक्तजनहरूले केही न केही मनत ( मन को ईछा भख्ने) मागेर नै जान्छन् अनि सो मागेको मनोकामनापूर्ण भइसकेपछि  फेरि अर्को  साल मेला मा  माईको लागि चढावा लिएर आउन्छ्न। सातो देबी माई प्रति धेरै आत्मविश्वास पनि रहेका छन्।

 

यो भन्दा पहिला राष्ट्रिय निकुञ्जको सिमानासँग जोडिएका पर्सा जिल्लाका किसानहरू जंगली जनावरबाट बाली जोगाउन रातभर जाग्राम बस्न बाध्य भएका थियो। पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रबाट जंगली जनावरको आवतजावत बढ्दै जाँदा किसानहरूको खेती गम्भीर जोखिममा परेको  थियोे ।

 

जिल्लाको पश्चिमी–उत्तरी क्षेत्रमा पर्ने जिराभवानी गाउँपालिकाका सखुवनीया, हरैया, काठमाडौं टोल, शान्तिनगर तथा  किसानहरू जंगली जनावरबाट बढी प्रभावित भएका थियोे ।

 

किसानहरूले पनि बाली जोगाउन कठिनाइ भइरहेको गुनासो गरेका छन

जिराभवानी गाउँपालिका वडा नं. ५ सखुवनीया निवासी किसान चन्दन दिसवा थारु  अनुसार पर्सा राष्ट्रिय निकुञ्ज र आसपासको वन क्षेत्रबाट आउने चितल, हरिण, निलगाई, घोडगधा, बदेल, भालु, स्याल र मयूरजस्ता जंगली जनावरहरूले किसानका बाली नष्ट गर्दै आएका छन्। “दर्जनौंको संख्यामा आउने जनावरले गहुँ, धान, सुर्ती , आलु र तोरीजस्ता बालीमा ठूलो क्षति पुर्‍याइरहेका छन्,” उहाँले भन्नुभयो।

 

जंगली जनावरबाट बाली जोगाउन किसानहरूले रुखमा मचान र खेतमै छाप्रो बनाएर रातभर बस्नुपर्ने अवस्था आएको थियोे ।

 

आज सुगिभार माइ को  मन्दिर को कृपाले  गर्दा

जिराभवानी का बासिन्दाहरू सुख शान्ति समृद्धिका साथ बसोबास गरिरहेका छन्।

सुगिभार माई को मन्दिर तिर पनि सम्बन्धित निकाय को ध्यानाकर्षण जाओस्

प्रतिक्रिया लेख्नुहोस

Related posts

भोलीदेखि भक्तजनका लागि खुल्दै भाथा बाबा मन्दिर, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनमा स्थानीयको जोड

थारु एक्सप्रेस

पर्साको आदर्श कवारिया संघ श्रावण २१ देखि बोलबम यात्रा गर्ने

थारु एक्सप्रेस

त्रिवेणीबाट जल उठाएर आदर्श कावरिया संघ पर्साद्वारा भाथाधाममा जलार्पण

थारु एक्सप्रेस