TharuExpress
Uncategorized

जिराभवानी–३ नौकाटोलामा माघी महोत्सव भव्य रूपमा सम्पन्न

सेढवा, माघ १
थारु सम्बत २६५० को नयाँ वर्ष तथा थारु समुदायको महान पर्व माघीको अवसरमा जिराभवानी गाउँपालिका वडा नं. ३ को नौकाटोला चौकमा माघी महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
जिराभवानी गाउँपालिकाको आयोजनामा तथा वडा नं. ३ को युवा समाजको व्यवस्थापनमा आयोजित महोत्सव वडा नं. ३ का वडाध्यक्ष सुरज राय थारुको सभापतित्व तथा मधेश सरकारका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
महोत्सवको अवसरमा थारु समुदायको दैनिकीमा प्रयोग हुने कुटो, कोदालो, माछा मार्न प्रयोग गरिने खोखी, डेली, विभिन्न किसिमका पम्प–प्लेटसहित बाजागाजाको साथमा मन्त्री चौधरी, गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीहरूले गाउँ परिक्रमा गर्दै कार्यक्रमस्थल पुगेका थिए।
कार्यक्रममा वक्ताहरूले माघी पर्वको शुभकामना व्यक्त गर्दै थारु समुदायको कला, संस्कृति, पहिरन, भाषा तथा परम्परागत खानाका परिकारहरूको संरक्षण र प्रवर्द्धन गर्न आग्रह गरेका थिए। साथै थारु समुदायमा लागू औषध दुर्व्यसन तथा भोजभतेरका नाममा हुने अनावश्यक खर्च न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका थिए।
सांस्कृतिक कार्यक्रममा राष्ट्रिय थारु कलाकार मुस्कान चौधरी, निशा चौधरी तथा नेपाली निरहुवाले बेजोड प्रस्तुति दिएका थिए। साथै गाउँपालिका भित्रका छात्रछात्राहरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
महोत्सवमा गाउँपालिका अध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, जसपाका नेता डा. कृपासिन्धु चौधरी, वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, दारा सिंह राउत थारुलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस

Related posts

पर्सा प्रहरीद्वारा बिल बिजकभन्दा फरक सामानहरू ढुवानी गरेको भेटिएपछि एउटा ट्रक नियन्त्रणमा

थारु एक्सप्रेस

सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको बसको ठक्करबाट एक जनाको मृत्यु

थारु एक्सप्रेस

चाडपर्वको मौका छोपेर उपभोग्य वस्तु देखि लिएर घर सजावने समानमा मूल्य बृद्धि

थारु एक्सप्रेस