TharuExpress
मुख्य समाचार समाचार समाज स्थानिय

४ महिला सहित ६२ जनाले रक्तदान गरे

पर्सा बीरगंज  चैत ३ पुनम चौधरी / अभिभवक संघ पर्साले शनिबार खुल्ला रगत दान कार्यक्रम सम्पन गरेको छ l सो कार्यक्रम वीरगन्जको घण्टाघर चोकमा आयोजना गरिएको रक्तदानमा ६२ पोका रगत संकलन भएको छ । अहिले ब्लड बैंकमा रगतको अभावलाई पूर्ति गर्ने उद्देश्यले खुल्ला रगतदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष सन्दिप साहले बताउनु भयो  ।

खुल्ला रक्तदान कार्यक्रममा ४ महिला सहित ६२ जनाले रक्तदान गरेका संघका अध्यक्ष सन्दिप साहले बताउनु भयो  । रक्तदान गर्नेहरुमा पुजा ढकाल, मनिषा कुमारी झा, पुनम यादव, ओनिका कुमारी, बलिराम चौधरी, सुशिल कुमार साह, बिवेक प्रसाद साह, राहुल सर्राफ, अरुण साह, सन्दिप सर्राफ, आकाश कुमार साह, राजकुमार राय, नरेन्द्र कुमार तिवारी, राजिव ठाकुर, अजित कुमार मण्डल लगायत रहेका छन् । रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएपछि होलीको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । कार्यक्रममा शाश्वत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेको छ भने प्राविधिक सहयोग रक्तसंचार केन्द्र वीरगन्जले गरेको छ।

संघका अध्यक्ष सन्दिप साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथितिहरु वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर बिजय कुमार सरावगी, विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक एसपी कुमोध ढुंगेल, अतिथिहरु बुदिजिवि परिषद् नेपालका मधेश प्रदेश अध्यक्ष शम्भु गुप्ता, पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कुमार कलवार, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, वीरगञ्ज युवा समाजका सस्थापक अध्यक्ष कमल चौगाइ, जनमत पार्टीका जिल्ला अध्यक्ष  ओम प्रकाश सर्राफ, वीरगञ्ज युवा समाजका अध्यक्ष सन्जिप थापा, समाजसेवी ब्रिजेश्वर चौधरी, कपडा बैंकका अध्यक्ष, लालबाबु सिंह, युवा अभियान्ता दिलिप राज कार्की लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तथा भद्रभलादमीको उपस्थिती रहेको थियो ।

content left
प्रतिक्रिया लेख्नुहोस

Related posts

बाराबाट भरुवा बन्दुक, पाँच किलो चाँदी र सुनसहित दुई जना पक्राउ

थारु एक्सप्रेस

दुधेश्वरनाथ महादेव मन्दिर निमार्ण तथा संरक्षण समिति भाथाको साधारणसभा सम्पन्न

थारु एक्सप्रेस

देशभर लगाएत मधेस प्रदेशमा वर्षा नहुँदा धानको बिउ राख्न किसानलाई सकस

थारु एक्सप्रेस