TharuExpress
मुख्य समाचार शिक्षा समाचार समाज स्थानिय

स्वदेशमा उचित ज्याला तथा आफ्नो क्षमता आनुसार काम नपाउदा युवाशक्ति बिदेशीन बाध्य

 

पुनम चौधरी /हाम्रो देशबाट दिनहुँ हजारौंको संख्यामा युवाहरु विदेशिने गरेका छन् । देशभित्रको राजनीतिक अस्थिरता, वेरोजगारीको अवस्था, लगानीको असुरक्षा, प्रभावकारी शिक्षाको अभावमा हजारौं युवाहरु सुन्दर भविष्य खोज्दै विदेशिने गरेका छन् । जिल्ला प्रशासन कार्यलयमा बिशेष गरि अहिले राहदानी बनाउन जाने युवाहरुको संख्या निकै बृद्धि भएको छ । किन हाम्रो देशको युवालाई रोजगारी र उच्च शिक्षा लिनका लागि अर्काको देशमा जानु पर्छ ।

आर्थिक बर्ष २०७९।८० मा जिल्ला प्रशासन कार्यलय पर्साबाट नौ महिनामा बैदेशिक रोजगारीमा जानेको संख्या १० हजार २० रहेको छ । जसमध्ये नयाँ पासपोर्ट लिनेमा सात हजार पाँच सय ४७ जना रहेका छन । नविकरण गर्नेमा एक हजार ६ सय २० जना रहेका छन । महिला भन्दा पुरुष बढी रहेको तथ्यांकले देखाएको छ । गत बर्षभन्दा यस बर्ष जिल्ला प्रशासन कार्यलय पर्साबाट तीन हजार भन्दा बढीले पासपोर्ट लिएका छन् । गत बर्ष कोरोनाको कारणले गर्दा विदेश जानेको संख्या घटेको थियो तर अहिले वंशजको अधारमा नागरिकता पाएको भएर पनि विदेश जानेको संख्यामा बृद्धि भएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडलले जानकारी दिनुभयो ।

content left

के हाम्रो देशमा रोजगारी र उच्च शिक्षा छैन? हाम्रो देश नेपालको युवाहरु के आफ्नो इच्छाले बिदेश जादै छन त? कोही पनि आफनो इच्छाले बिदेश जान चाहदैन् अर्थात घर परिवारको मान्छे पनि मेरो छोरा, छोरी अर्काको देशमा गएर पसीना बगाओस भन्ने चाहदैनन् । तर नेपालमा आफूले शिक्षा लिएको अनुुसार काम नपाउनु, आफनो घरपरिवार पालन, पोषष गर्नका लागि आवश्यक न्युनतम पारिश्रमिक नपाउनु, मेहनत अनुसारको आम्दनी नभएकाले पनि हाम्रो देशको युवाहरु बिदेशिन बाध्य छन् ।
बिदेश जानको लागि पैसा नभए खेत बेच्न र ऋणको भारी बोक्न युवाहरु बाध्य छन् । कामको खोजी गर्दै विदेश जाने क्रम दिनहु बढ्दो छ । युवाहरु आफनो घर परिवारलाई राम्रो संग पालन, पोषष गर्नका लागि विदेश जाने सपना त देख्छन् तर सबै विदेश गएको युवाको सपना नहुन सक्छ । सबभन्दा पहिला त आफनै देश नेपालमै एजेन्टद्धारा ठगिन्छ । एजेन्टले विदेश जाने युवासंग ठुलो सपना देखाउँछ ।

बिदेश गएपछि एजेन्टले भनेको जस्तो पारिश्रामिक कहाँ हुन्छ र? न एजेन्टले भनेको जस्तो काम नै हुन्छ । एजेन्टले भनेको जस्तो काम र पारिश्रामिक नभएपछि विदेशिने युवा, युवतीहरु न घर न घाटको हुन्छन् । त्यसमा पनि विदेश जान काढेको ऋणले सताउन थाल्छ । यता ऋण दिने साहु सधै घरमा आएर परिवारका सदस्यलाई अनावश्यक मानसिक तनाव र यातना दिन सुरु गर्छन् । धाकधम्की दिन थाल्छन् ।

बैदेशिक रोजगारीमा जान लिएको ऋणको कारण विदेशिने युवाको परिवारमा मानसिक समस्यामा पर्न थाल्छन् । बैदेशिक रोजगारीमा गएका व्यतिmको परिवारमा अत्यधिक पिर चिन्ताको लक्षण देखिएको र त्यसको प्रमुख कारण विदेश जान काढेको ऋण समयमै फिर्ता गर्न नसक्नु पनि रहेको छ । यसका साथै कमाउन गएको युवानै सम्झौताअनुसारको काम नपाउने, पाएपनि सम्झौताभन्दा बढी काम गर्नुपर्ने, सेवा सुविधा नपाउने, पैसाको अभाव हुनेलगायतको समस्या भोगिरहेका हुन्छन् । त्यसको प्रत्यक्ष असर घरका परिवारमा परिरहेको हुन्छ । कतिपय ऋण लिएर विदेशिएका युवा विदेशमा राम्रो काम नपाएर फर्किन बाध्य हुन्छन् र विदेशबाट फर्किन पनि साहुसंग ऋण काढेर फर्किनुर्छ ।

बैदेशिक रोजगारमा जानुभन्दा पहिले हाम्रा युवाहरुले धेरै ठुलो सपना बुनेका हुन्छन् तर विदेश गएपछि भनेको जस्तो काम नपाउँदा सम्पूर्ण सपनाहरु चकनाचुर हुन्छ । विदेशका कामहरु बढी जोखिमपूर्ण हुन्छन् । कामको शिलशिलामा कति युवाको ज्यान जाने र अंगभङ्ग हुने खतरा हुन्छ । ठुलो सपना बोकेर सुटकेस लिएर विदेश गएका युवा बासकमा फर्कनुपर्ने तीतो यथार्थ छ । देश सरकारी नीतिका कारण विदेशमा दुर्घटना परि अंगभंग भएका युवालाई उचित क्षतिपूर्ति पनि दिलाउन सक्ने अवस्था छैन । वैदिशिक रोजगारमा जानेको पीडा कित विदेशिने युवाले बुझ्छन् कि त उनका परिवारले । प्रतिकुल वातावरणमा गरिएको काम, अनुचित कम्पनीको व्यवहार, स्थानियको धाकधम्की, हुकुमी कानुनको बोझ विदेशिएका युवावाहेक अरु कसैले बुझन सक्दैन । विदेशिएका युवाको घरको पीडा घरको घरमुलि वा परिवारका जिम्मेवार सदस्यहरुले भोगेका हुन्छन् । विदेशिएका युवाको विदेशमै मृत्यु भए सिंगो परिवारको भबिष्य अन्धकारमय हुने निश्चित झै छ । यस्ता थुप्रै उदाहरण पनि छन् । विदेशमा ज्यान गुमाउनेको परिवारले आफ्नो सन्तान वा परिवारको सदस्यको लाश हेर्न समेत महिनौं कुनुपर्ने अवस्था छ । रेमिटान्सको लोभमा सरकारले विना जाँचबुँझ, विना परामर्श गरेको श्रम सम्झौताका कारण मृत शरीर नेपाल फर्काउन कठिनाइ भएको देखिन्छ ।

वीरगंज महानगरपालिका वडा नं ११ श्रीपुरका अजय कुसवाहा स्नातक तहसम्मको अध्ययन पूरा गरी स्नाकोत्तरका लागि कयानडा जाने तयारीमा हुनुहुन्छ । किनभने आफनो देश नेपालमा मात्र लिखित र मौखित पढाइ हुने गरेको उहाँको भनाई छ । त्यसकारण विदेशमा नयाँ कुरा सिक्न, त्यहाँको रीतिरीवाज के कस्तो छ । शिक्षा हालिस गरेर हुदैन, प्रविधिक ज्ञानको पनि आवश्कता छ । हाम्रो नेपालमा उच्च स्तरीय शिक्षा र ल्याब भएको भए हाम्रो देशको युवाहरु यति धैरै पैसा लगानी गरेर बिदेश पढन जाने थिएनन् ।
यस्तै वीरगंज महानगरपालिका वडा नं. १४ का धिरेन्द्र चौधरी बैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउने क्रममा जिल्ला प्रशासन कार्यालयमा भेटिनुभयो । अहिले उहाँले आफनै देशमा औषधी सम्बन्धि क्षेत्रमा काम गरिरहनुभउको छ । तर आफूले काम गरिरहेको कम्पनिले दिएको पारश्रमिकले गुजारा टार्न मुस्किल भएपछि विदेशिने निर्णयमा पुगेको चौधरीले बताउनुभयो । चौधरी पहिला पनिसात वर्ष मलेसियामा काम गरेर फर्कनुभएको थियो । नेपालमै केही गर्छु भनेर फर्कन लाग्नुभएका चौधरी कामवापतको पारिश्रमिक नपाएपछि विदेश जान लागेको बताउनुहुन्छ ।

देशमै रोजगारीको अवसर नपाएपछि बाहिरिनु परेको चौधरीको भनाई छ । शिक्षित युवाहरुका लागि समेत रोजगारीमा उचित पारिश्रामिक नपाउने अवस्था छ । स्वदेशमा भविष्य नदेखेका कारण वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ ।
धिरेन्द्र चौधरीसंगै विदेश गएका अर्का एक युवाको कथा पनि उस्तै छ । दिनेश चौघरी नेपालमा लागूऔषध प्रयोगकर्ता थिए । दिनेशको आमा, बुवाले सुधार केन्द्रमा राख्नुभन्दा विदेश पठाइदिने सोच लिएका थिए । यसले गर्दा सुधार केन्द्रलाई मासिक तिर्नु पर्ने बोझ कम हुने, छोरा सुध्रिने र विदेश गए पछि पैसा पनि कमाउछ भन्ने सोच उनको आमाबुवाको थियो ।
दिनेशलाई विदेश पठाउन उनका आमाबुवाले साहुसंग मासिक ५% व्याजमा तीन लाख रकम लिएका थिए । ऋण काढेर विदेश पठाएपछि छोराले लागूऔषध प्रयोग छोड्छ भन्नेमा थिए । तर विदेश गएपछि दिनेशले लागूऔषधको प्रयोग छोडेनन् । लागूऔषध प्रयोगकै कारण दिनेशले विदेशमा समयमै काममा नजाने, काममा लापरवाही गर्न थाले । कम्पनीले दिनेशलाई थुप्रैपटक सचेत समेत गरायो । तर दिनेशले ति कुरामा वास्ता गरेनन् । उनलाई कम्पनीका बाउन्सले कुटपिट समेत गरे । उनीमाथि कुटपिट हुँदा हेरेर बस्नुबाहेक विकल्प नरहेको उनका साथी धिरेन्द्र बताउनुहुन्छ ।

विदेशमा काम गरेको पैसा लागूऔषध प्रयोगमा खर्चिने, काममा लापरवाही गर्दा पारिश्रमिक कटेर आउन थालेपछि उनको घरपरिवारले लिएको ऋणको व्याज बढ्दै जान थाल्यो । छोराले विदेशबाट पैसा कमाएर फर्काउछ भन्ने सपना देखेका उनका बुवाआमा झन चिन्तित हुन थाले । ऋण दिने साहुले दिनहु मानसिकरुपमा तनाव दिन थालेपछि सम्पतिको नाममा रहेको पाँच धुर जमिन साहुकै नाममा गर्नुपर्ने अवस्था आयो ।
उता मलेसियामा दिनेशलाई कम्पनीले कामबाट निकालिदियो । केही दिन साथीहरु बसेका दिनेश लुकेर काम गर्न थाले । लुकेर काम गर्दा पारिश्रमिक न्युन थियो । त्यसबाट उसको समेत गुजारा टार्ने अवस्था थिएन । यता दिनेशकी आमा बिरामी परिन् । उनको उपचारका लागि समेत पैसाको अभाव भयो । दिनेशले साथीहरुको सहयोगमा ५० हजार पठाए । तर दिनेशकी आमाको निधन भयो । केही समयपछि नेपाल फर्किएका दिनेश अहिले चिया पसल संचालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । उनि अहिले लागूऔषधबाट समेत मुक्त छन् ।

l

प्रतिक्रिया लेख्नुहोस

Related posts

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा भार्तिय प्रतिबन्धित ब्रोइलर कुखुरा बरामद

थारु एक्सप्रेस

स्कूलकी प्रधानाध्यापक रोमी कौरद्वरा भिभावकलाई बोलाएर सम्पूर्ण पैसा बुझाएर त्यहाँबाट आफ्नो बच्चालाई लैजान धम्की

थारु एक्सप्रेस

पर्साको जिराभवानी गाउँपालिकामा ट्याङ लागेर एक जना महिला गम्भीर घाइते,एक दर्जन भन्दा बढी विद्युतीय उपकरणमा समेत क्षति

थारु एक्सप्रेस