
मेघराज राय जिराभवानी जेष्ठ २३/ वर्षा नहुँदा पर्सा र बाराका किसानले धानको बिउ राख्न पाएका छैनन् । जेठको तेस्रो साता सकिँदा समेत बिउ राख्न नपाएपछि किसान चिन्तित बनेका छन् । असारको पहिलो सातासम्म बिउ नछर्ने हो भने रोपाइँमा ढिलो हुने र उत्पादनमा ह्रास आउने किसानहरूको भनाइ छ ।जेठ महिनाको मध्य समयमा वर्षा हुनुपर्ने हो केही वर्षअघि आकासे पानीको भरमा धानको बिउ राख्ने गरिन्थ्यो, अहिले खडेरी पर्यो’ जिराभवानी गापा ५का किसान मुक्तिनारायण चौधरीले भने सिचाइँ सुविधा हुनेले राखेको बिउ पनि चर्को घामले पानी तातेर उम्रनेमा शंका छ ।दुई हप्ता देखि चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष प्रभाव किसानहरुलाई परेको हो ।धान रोप्न ढिलाई हुँदा उत्पादन राम्रो नहुने किसानको अनुभव छ । कृषि ज्ञान केन्द्र जिराभवानी शाखाका प्रमुख बृजेश साहका अनुसार धानको बिउ राख्ने समयमा पानी नपर्नु र अत्याधिक गर्मी बढ्नाले खेतीपातीमा समस्या हुने बताएका छन । पम्पबाट पानी तानेर सिचाइँ गर्नलाई नदी तथा तलाउको सतह घटेको छ, वर्षातको पानी नपरेका कारण किसानहरु समस्यामा परेको उनले बताए । अब एक साता पानी नपर्ने हो भने रोपाइँको उपयुक्त समय नै घर्किने उनले बताए । पर्साको उतरी भेगको जिराभवानी ठोरी पटेर्वासुगौली गाउँपालीका लगाएतमा लगभग ८०हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । एक वर्षमा असार र चैत गरेर दुई पटकसम्म किसानले धान खेती गर्दै आएका छ्न पानी न पर्दा पर्साको उतरी ग्रामीण भेगका कल टुवेल आटिजेन धाराहरु पनि सुकन थालेका छ्न ।
