पर्सा २७ जेष्ठ पर्सा र बारामा एकै दिन नागरिक उन्मुक्ति पार्टीका सरक्षण तथा पुर्ब सासद माननीय रेशम लाल चौधरीको भब्य स्वागत र समान हुने भएको छ। यता पर्साबसी आम नागरिक तथा नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्य समिति पर्साले सहकार्य गरेर चौधरीलाई स्वागत र समान गर्ने भएको छ। पर्साको विभिन्न गाउघर स्वागत गर्दै पटेर्वा सुगौली ३ पुर्ब देकुली कार्यक्रम स्थल सम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको छ भनेर नागरिक उन्मुक्ति पार्टी पर्सा अध्यक्ष निरन्जन चौधरीले जानकारी गराउनु भएको छ।
कार्यक्रममा स्वागत र समानको साथै थारु सास्कृतिक झलक पनि प्रस्तुत गरिनेछ।कार्यक्रममा पर्सा सम्पुर्ण गाउपालिका जेष्ठ नागरिक समाजसेवी र बुधिजिबीहरुको उपस्तिथि रहनेछ।कार्यक्रम यहि जेष्ठ २९ गते सोमबारका दिन बिहान १०:१५ बजे सुभाराम्भ हुनेछ भनेर चौधरीले बाताउनु भएको छ।
उता बारामा सोमबार कै दिन मै बिभिन कार्यक्रम गरि चौधरीलाई स्वागत र समान कार्यक्रमको आयोजना गरिएको छ। थारु कल्याणकारी सभा बारा र इकाई कमिटी कोलबी बाराको सहकार्यमा थारु गीत सगीतको साथै अन्य प्रस्तुति पनि प्रस्तुत गरिनेछ। बाराको कार्यक्रम दिउँसो४ बजे देखि सुरु भएको छ भने कार्यक्रम कोल्बी बजारको भलिबलको खेल मैदान हुनेछ ।
