TharuExpress
मुख्य समाचार समाचार

पर्सामा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गयो

वीरगंज मंसिर १४ । पर्सामा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ रामनगरीबाट महुवन वतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट एकजना ठेला चालकको ज्यान गएको हो ।

चटपटे बिक्रि गरेर ठेला चलाउँदै बहुवनबाट रामनगरीतर्फ जाँदै गरेका बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी निवासी ४५ वर्षीय तपसी साह कानुको घटनास्थलमै मृत्यु भएको हो ।

content left

ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक आयुश जोशीको नेतृत्वमा खटिएको टोलीले मृतकको लास जाँच, प्रकृती मुचुल्काको काम सकेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । घटनापश्चात ट्याक्टर लिएर फरार चालकलाई प्रहरीले खोजी कार्य तिव्र पारेको पनि डिएसपी गिरीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

Related posts

स्वर्गीय कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट अर्जुन चौधरी सम्मानित

थारु एक्सप्रेस

साउनको पहिलो सोमबार भाथाधाममा भक्तजनको घुइँचो, बिहानैदेखि बाबा दुधेश्वरनाथमा जल अर्पण

थारु एक्सप्रेस

बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्युु

थारु एक्सप्रेस