TharuExpress
Uncategorized मुख्य समाचार शिक्षा समाज

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति काठमाडौंद्वारा सामूदायिक बिद्यालय बन्द गर्ने अह्वान, पर्साको ग्रामीण भेगमा पूर्ण रुपमा प्रभावित

सेढवा १३ भदौ/ओमप्रकाश चौधरी
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति काठमाडौंले सामूदायिक बिद्यालय बन्द गर्ने अह्वान पर्साको ग्रामीण भेगमा पूर्ण रुपमा प्रभावित भएका छन। प्रत्येक गाउपालिकामा गठन गरिएका पालिका स्तरीय नेपाल बिद्यालय कर्मचारी परिषदले अह्वानलाई स्थानीय नेपाल शिक्षक महासंघले एक्यबध्ता जनाएका छन।

 

 

 

ठोरी गाउपालिका अन्तर्गत रहेका २१ वटा सामूदायिक बिद्यालयका प्रधानाध्यापकहरु, बालबिकास शिक्षिका, कार्यालय सहयोगी, बिद्यालय कर्मचारी, संघ, संगठन , नेपाल शिक्षक महासंघले बैठक बसी परिषदले अहवान गरेका बन्द प्रति एक्यबध्ता जनाउदै आजदेखि १८ गते सम्म बिद्यालय बन्द गर्ने नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले जनाए। यता जिराभवानी, जगरनाथपुर, पटेर्वा सुगौली, सखुवाप्रसौनी, धोबिनी लगायतका गाउपालिकामा रहेका सामूदायिक बिद्यालयमा कार्यरत कार्यालय सहयोगीहरुले मूल गेट,कक्षाकोठाको ताल्चा खोलेका थिएन। जसका कारण बिद्यालय आउने बिद्यार्थीहरु तथा शिक्षकहरुले करिब १/२ घण्टा बिद्यालय बाहिर बसेर घर फर्केका थिए।
भदौ १२ देखि १८ गतेसम्म सात दिने बन्द कार्यक्रम रहेको र १९ गते देशभरका विद्यालय कर्मचारीहरूको काठमाडौंमा प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाएका तन । सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी, लेखापाल, बालबिकास शिक्षिकाहरछलाई शिक्षक सरह दरबन्दी सिर्जना गर्नुपर्ने, सरकारले हरेकपटक बढाउनुपर्ने तलब समानरूपमा बढाउनुपर्ने, ६० वर्षपछि अवकाश पाउँदा शिक्षकसरह सुविधा पाउनुपर्नेलगायतका मागहरू राख्दै विद्यालय कर्मचारीहरूले चरणबद्ध आन्दोलन उत्रेका छन।

प्रतिक्रिया लेख्नुहोस
content left

Related posts

थारु कल्याणकारी समिति पर्साद्वारा थारु समुदायका व्यक्तित्वहरु समानित

थारु एक्सप्रेस

माघी खिचडी मूल समारोह समिति गठन, २०८१ को माघी कार्यक्रमको समिक्षा

थारु एक्सप्रेस

पर्साको ठोरी गाउँपालिका–७ का श्रीमान् श्रीमतीको ज्यान गयो

थारु एक्सप्रेस